तामाङ घेदुङ साउदीको सोनाम ल्होछार भव्य, दूतावास सचिव सम्मानित

नवराज तामाङ
नवराज तामाङ सैलुङअनलाइन
189 Shares
रियाद, साउदी अरेबिया

नेपाल तामाङ घेदुङ साउदी अरेबियाले सोनाम ल्होछार कार्यक्रम भब्य रुपले सम्पन्न गरेको छ । तामाङ घेदुङ साउदीले जनवरी २४ तारीख तामाङ समुदायको महान पर्व मन्जुश्री संवत २८६१, डुल( सा- पुख्रि ) ल्हो अर्थात (सर्प वर्ग) सोनाम ल्होछार मनाइएको हो ।

साउदीमा रहेका लामागुरु किरण घिसिङद्वारा पूजापाठ र ताम्बाको (साङ सेर्गेम) गरेपछि कार्यक्रम सुरु भएको थियो । कार्यक्रमलाई बृहत बनाउन अन्य झाँकीहरु समेत प्रस्तुत गरेको थियो । कार्यक्रममा ताम्सालिङ अंकित झण्डा लगायत अन्य सामाग्रीहरु झल्केका थिए ।

त्यस्तैगरी कार्यक्रमका प्रमुख अतिथि साउदीका लागि नेपाली राजदूत डा.नरेश बिक्रम ढकालले नेपाल बिबिधताले भरिएको देश भएको बताउदै सोनाम ल्होछारको शुभकामना दिए । उनले तामाङ समुदाय साँस्कृतिको धनी भएको बताए ।

कार्यक्रममा नेपाली दूतावासका प्रथम सचिव टीकाराम उपाध्याय पौडेललाई दोसल्ला ओढाएर सम्मान गरेका थिए । उनले साउदीमा मृत्यु भएका मृतकका परिवारलाई बिमा दिलाउन बिशेष सहयोग गर्दै आएको छ । सम्मानित भएका प्रथम सचिव पौडेलले (Gosi) गोसी अर्थात इन्स्योरेन्स कम्पनी मार्फत पाउने रकम मृतकको आफन्तसम्म पुर्‍याउन अहोरात्र खटिरहेका छन् ।

कार्यक्रमलाई नेपालबाट आमन्त्रित गायक रोज मोक्तान र सुमिना लो को प्रस्तुतिले मनोरञ्जनात्मक बनाएका थिए । त्यस्तै साउदीमै रहेका गायक रोम ब्लेन्देन तामाङको प्रस्तुतिले थप बृहत बनाए । त्यसैगरी स्थानीय कलाकारहरुको बेजोड प्रस्तुतिले ल्होछार कार्यक्रममा रौनक थपे । कार्यक्रममा झन्डै १५ सय जना उपस्थित रहेका थिए ।

तामाङ घेदुङ साउदीका महासचिव नागेश तामाङले संचालन गरेका कार्यक्रमका सभापति नेपाल तामाङ घेदुङ साउदीका अध्यक्ष रुपक वाईबा तामाङ रहेका थिए ।

कार्यक्रममा वरिष्ठ उपाध्यक्ष अमृत घिसिङले स्वागत मन्तव्य राख्ने क्रममा तामाङ समुदायको हकहित, अधिकार र ताम्सालिङ प्राप्तिको लागी ढिक्का हुनुपर्ने बताए । उनका अनुसार तामाङहरु एक ढिक्का भएमा राज्यसत्ता घुडा टेक्न बाध्य हुनेछन् ।

थप यो पनि

तामाङ घेदुङ साउदीको ल्होछारमा रोज र सुमिना आउने

तामाङ घेदुङ साउदीले गरे रोज र सुमिनालाई स्वागत

तामाङ घेदुङ साउदीको ल्होछार तयारी पुरा, कार्यक्रम शुक्रबार हुने

नेपाल तामाङ घेदुङ साउदीको अध्यक्षमा अमृत घिसिङ

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

पत्रपत्रिका