तामाङ समाज क्रोएसियाको सोनाम ल्होछार कार्यक्रम सन् २०२५ फेब्रुअरी ९ तारीख सरेको छ । समाजले यसअघि फेब्रुअरी २ तारीख गर्ने तयारी गरेको सोनाम ल्होछार कार्यक्रम एक हप्ता पछि सरेको हो ।
ल्होछार कार्यक्रम एक हप्ता पछि सरेको तामाङ समाजका अध्यक्ष प्रकाशचन्द्र तामाङले जानकारी दिए । उनका अनुसार कलाकारहरुको डकुमेन्ट र कार्यक्रम स्थलका कारण कार्यक्रम सरेका हुन् । ` प्रवासमा सबैको अनुकूल समय नभएको कारण पनि एक हप्ता पछि ल्होछार कार्यक्रम सरेको हो,` तामाङ समाजका अध्यक्ष प्रकाशचन्द्रले भने,` कार्यक्रमलाई बृहत बनाउन समाज लागिरहेको छ ।´
कार्यक्रमका लागि नेपालबाट कलाकारहरु ल्याउने प्रयास जारी रहेको तामाङ समाज क्रोएसियाका सदस्यले नाम नखुलाउने सर्तमा जानकारी दिए । उनका अनुसार क्रोएसियामा रहेका कलाकारहरुको समेत विशेष प्रस्तुति रहनेछन् ।
सन् २०२३, को अन्त्यतिर गठन भएका तामाङ समाज क्रोएसियाले गतवर्ष ल्होछार मनाएका थिए । त्यस्तै समाजले विभिन्न क्षेत्रका पीडितहरुलाई आर्थिक सहयोग गर्दै आइरहेका छन् । पछिल्लोपटक काभ्रे महाभारत-१, का क्रोएसियामा मृत्यु भएका परिवारका लागि एनआरएनद्वारा चलाएका अभियानमा २ हजारभन्दा धेरै युरो उठाएर हस्तान्तरण गरेका थिए ।
थप यो पनि
तामाङ समाज क्रोएसियाले फेब्रुअरी २ तारीख ल्होछार मनाउने
गायिका इन्दिरा गोलेलाई तामाङ समाज क्रोएसियाको आर्थिक सहयोग
तामाङ समाज क्रोएसियाको अधिवेशन तथा वार्षिकोत्सब सम्पन्न, अध्यक्षमा प्रकाशचन्द्र
क्रोएसियामा तामाङ समाज गठन, अध्यक्षमा सनिप