बागमती प्रदेशको भाषा ऐन कार्यान्वयनको दिशामा छ : मुख्यमन्त्री तामाङ

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
224 Shares
काठमाडौं

बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा तामाङले ल्होछार मनाउने सबै विधि र प्रक्रियाअनुसार नै सरकारले यस पर्वलाई थप सहजीकरण गनुपर्ने बाएको छ । सोनाम ल्होछारका अवसरमा आज यहाँ आयोजित समारोहमा उनले यस पर्वलाई थप व्यवस्थित रुपमा मनाउन सरकारकोतर्फबाट सार्थक पहल हुनुपर्ने बताए ।

“ल्होछार मनाउने सबै विधि र प्रक्रियाअनुसार एकदिने सरकारी बिदा पर्याप्त छैन”, मुख्यमन्त्री लामाले भने, “ल्होछार टुँडिखेललमा महोत्सव गरेर मनाइने पर्व मात्र पनि होइन । जबसम्म प्रत्येक तामाङको घरघरमा ल्होछारको विधिअनुसार ल्होछार पर्व मनाउने कार्य हुँदैन । तबसम्म साँचो अर्थमा तामाङ जातिको संस्कृति पहिचानको कुरा हुन सक्दैन ।” उनले ल्होछारलाई सार्वजनिक महत्व र कार्यक्रमभन्दा पनि घरभित्रको पर्वका रुपमा स्थापित गर्न समस्त तामाङ समुदायलाई आह्वान गरे।

मञ्जुश्री संवत् २८६१ ‘सोनाम ल्होछार भव्य रुपमा मनाऔँ, तामाङ भाषालाई सरकारी कामकाजी भाषा कार्यान्वयनका लागि अघि बढौँ’ भन्ने मूल नाराका साथ आयोजित कार्यक्रममा मुख्यमन्त्री तामाङले बागमती प्रदेशमा तामाङ भाषा र नेपाल भाषालाई कामकाजी भाषाका रुपमा कार्यान्वयन गर्नका लागि बजेटकोसमेत व्यवस्था गरिएको जानकारी दिए ।

“बागमती प्रदेशको भाषा ऐन कार्यान्वयनको दिशामा गएको छ । सुझाव कार्यदलले पेस गरेको सुझाव क्रमिक रुपमा कार्यान्वयन गर्दै जाने प्रदेश मन्त्रिपरिषद्को बैठकबाट निर्णयसमेत भएको छ”, उनले भने ।

कार्यक्रममा ऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङले तामाङ समुदायको उपस्थिति बढाउनुपर्ने सुझाव दिए ।

कार्यक्रममा बागमती प्रदेशका पूर्वसंस्कृतिमन्त्री शैलेन्द्रमान बज्राचार्यलाई घेदुङले वर्ष व्यक्तिका रुपमा सम्मान गरेको थियो । बज्राचार्यककै पालामा तामाङ भाषाले बागमती प्रदेशको सरकारी कामकाजी भाषाको मान्यता पाएको हो ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

पत्रपत्रिका