एकताको भावनाले मात्र देश निर्माणको अभियानमा काम गर्न सक्छौँ नेता : सिटौला

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
14 Shares
काठमाडौं
नेता सिटौला–बैठकलाई सबोधन गर्नुहुँदै काठमाडौँ, १८ माघः नयाँ बानेश्वरस्थित राष्ट्रिय सभाको हिउँदे अधिवेशन बैठकमा सम्बोधन गर्नुहुँदै नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला। तस्बिरः गोपाल दाहाल÷रासस

नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले सहमति, सहकार्य र एकताको भावनाले मात्र देश निर्माणको अभियानमा काम गर्नसक्ने बताएको छ ।

राष्ट्रियसभाको आजदेखि सुरु भएको हिउँदे अधिवेशनलाई सम्बोधन गर्दै नेता सिटौलाले देश बनाउने जिम्मा पाउँदा देश र जनताको हितमा कति काम गरेँ भन्ने कुरा प्रष्टसँग जनतालाई भन्नसक्ने हिसाबकिताब आफूसित हुनुपर्ने बताए।

उनले भने “संविधान कार्यान्वयनबाट जनतालाई हामीले जे उपलब्धि दिने भनेका छौँ, त्यो दिन सक्यौँ कि सकेनौँ भन्ने गम्भीरतापूर्वक समीक्षा गर्न सकौँ । जहाँ कमजोरी भएको छ त्यसलाई हामीले सुधार गरेर अघि बढ्न सकौँ । त्यही बाटोमा एकताबद्ध रुपमा हिँड्न सकौँ ।” उनले सत्तामा रहँदा एउटा कुरा तथा प्रतिपक्षमा हुँदा अर्को कुरा बोल्नु उपयुक्त नभएको र आफ्नो कार्यकालमा देश र जनताको हितमा व्यापक काम गर्न सकियोस् भन्ने भावना राख्नुपर्ने बताए।

अझै पनि सबैको समग्र मानसिकता सङ्घीयताबमोजिम अधिकारको विकेन्द्रीकरण हुन नसकेको नेता सिटौलाको भनाइ थियो । उनले भने, “अहिले पनि हाम्रो मानसिकता केन्द्रीकृत शासन प्रणालीमा अड्किएको छ । पार्टी सञ्चालन गर्दा होस् वा राज्य सञ्चालन गर्दा केन्द्रकृीत भावना नै देखिन्छ । स्थानीय सरकारले काम गर्नसक्ने अवस्था देखिएको छैन । पार्टीको सङ्कुचित भावनाले माथि उठेर काम गर्न सकेका छैनौँ ।”

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

पत्रपत्रिका