ऐन कार्यान्वयनको अवस्था मूल्याङ्कन गर्नुपर्नेमा प्रमुख सचेतक न्यौपानेको जोड

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
21 Shares
काठमाडौं
हिउँदे अधिवेशनका सहभागी सदस्य काठमाडौँ, १८ माघः नयाँ बानेश्वरस्थित राष्ट्रियसभाको हिउँदे अधिवेशनको पहिलो बैठकमा सहभागी सदस्यहरु । तस्बिरः गोपाल दाहाल÷रासस

राष्ट्रियसभामा नेकपा (एमाले) संसदीय दलकी प्रमुख सचेतक भगवती न्यौपानेले बनेका ऐन कार्यान्वयनको अवस्थाका विषयमा मूल्याङ्कन गर्ने अभ्यास सुरु हुनुपर्नेमा जोड दिएको छ ।

राष्ट्रियसभाको आजदेखि प्रारम्भ भएको सत्रौँ अधिवेशनमा प्रमुख सचेतक न्यौपानेले नयाँ ऐन कानुन बनाउने मात्रै सांसदको जिम्मेवारी नभएको उल्लेख गर्दै विगतका ऐनको अनुमगन गर्नुपर्ने सुझाव दिए। उनले परिवर्तन र लोकतन्त्रका पक्षमा सबैले सहकार्य गर्न आवश्यक रहेको बताए। “जनताकासामु गरेका वाचा पूरा गर्न हामी सबै एकाकार हुन जरुरी छ । यो अधिवेशन विधेयकको अधिवेशन हुनेछ । कानुन बनाउने सन्दर्भमा पनि एकता जरुरी छ”, प्रमुख सचेतक न्यौपानेले भने।

प्रतिनिधिसभामा पठाएका सात विधेयक विचाराधीन अवस्थामा रहेको उल्लेख गर्दै उनले तीन विधेयक राष्ट्रियसभामा दर्ता भएका जानकारी दिए। “प्रतिनिधिसभामा धेरै विधेयक थुप्रिनु हुँदैन । राष्ट्रियसभालाई महत्व दिएर विधेयक दर्ता हुन थालेका छन् । विधेयकलाई कसरी जनताका पक्षमा बनाउने, कसरी मुलुकको हितका लागि बनाउने भनेर छलफल गर्नुपर्छ”, प्रमुख सचेतक न्यौपानेले भने। भूमिविहीनका समस्या समाधान गर्न, जनतालाई सेवा प्रभाव गर्न भएका असहज अवस्थालाई सहज गर्न भूमि व्यवस्था ऐन आएको उनको भनाइ थियो । सहकारी क्षेत्रमा देखिएका समस्या समाधान गर्न सहकारीसम्बन्धी ऐन आएको र सरकारले ल्याएको अध्यादेश जनताका पक्षमा रहेको प्रमुख सचेतक न्यौपानेले जिकिर गरे।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

पत्रपत्रिका