तामाङ समाज पोर्चुगलको ल्होछारमा नेपालबाट मिलन लामा आउने

नवराज तामाङ
नवराज तामाङ सैलुङअनलाइन
770 Shares
लिस्बन, पोर्चुगल

तामाङ समाज पोर्चुगलको सोनाम ल्होछार विशेष सांस्कृतिक कार्यक्रमका लागि मिलन लामा आउने भएको छ । गायक लामा तामाङ समाज पोर्चुगलले `मञ्जुश्री संवत २८६१, डुल सा पुख्री ल्हो´ को विशेष अवसर पारेर गर्न लागिएको ल्होछार विशेष कार्यक्रममा आउने भएको हो ।

फेब्रुअरी २ तारिख, आइतबार पोर्चुगलको राजधानी लिस्बनमा हुने लागेको ल्होछार कार्यक्रममा गायक मिलन लामासँगै स्थानीय कलाकारहरुले तामाङ समुदायको मौलिक पहिचान झल्कने सांस्कृतिक प्रस्तुति, नृत्य, गीत, तथा परम्परागत झाँकीहरू प्रदर्शन गरिने आयोजकले बताए । आयोजकका अनुसार विभिन्न सामाजिक र सांस्कृतिक गतिविधिहरूको माध्यमबाट कार्यक्रमलाई अझ रौनकपूर्ण बनाउने तयारी गरिएको छ ।

कार्यक्रममा पोर्चुगलमै रहेका गायक रामबाबु योन्जन, रमित लामा, कुन्साङ लामा, पुष्पा वाइबा, सोनाम योन्जन, रामकृष्ण तामाङ, बुद्ध योन्जन, च्याङ्बा तामाङ र पुर्ण तामाङले प्रस्तुति दिनेछन् । त्यस्तै गायिका गीता लामा र भारती लामा, डिजे अशोक लामा र फरी तिवारीको बेजोड प्रस्तुति रहेनछन् ।

त्यसैगरी ल्होछार कार्यक्रममा कोरियोगाफर डान्सर बिशाल लामा, मन्सु लामा दोङ, रोशनी तामाङ, दुईडकल तामाङ, सपना छन्त्याल, सुनिता तामाङ, सम्झना जिम्बा, पुजा मोक्तान, लिज्जी कार्की, गंगा रुम्बा, रोहन योन्जन, सानी शेर्पा, आड याङ्गे शेर्पा, मुस्कान शेर्पा लामा, आङ निगमा कान्छी, सपना बोम्जन र राजेन्द्र डिम्दुङले नृत्य प्रस्तुत गर्नेछन् ।
प्रख्यात मोक्तानले संचालन गर्ने कार्यक्रममा लामागुरु लोप्साङ नोर्बुले पूजापाठ गर्नेछन् । त्यस्तै (dinner)बेलुकाको खानासहित टिकटको मुल्य १० युरो तोकिएको छ ।

सन् २०११ मा `तामाङ जातिको परिवर्तन: शैक्षिक तथा आर्थिक सुदृढीकरण´ भन्ने मूल नाराका साथ स्थापना भएको तामाङ समाज पोर्चुगलले आफ्नो स्थापना कालदेखि नै तामाङ समुदायको भाषा, धर्म, संस्कृति, र भेषभूषाको संरक्षण र प्रवर्द्धन गर्दै आएको समाजका अध्यक्ष गोपाल योन्जनले बताए । उनका अनुसार संस्थाले यसखाले कार्यक्रमले तामाङ समुदायलाई आफ्नो सांस्कृतिक जरा र परम्परासँग जोड्ने मात्र नभई, नेपाली संस्कृति र चाडपर्वको महत्त्वलाई विश्वभर फैलाउन महत्त्वपूर्ण भूमिका खेल्दै आएको छ ।

थप यो पनि

तामाङ समाज पोर्चुगलले फेब्रुअरी २ तारीख ल्होछार मनाउने

तामाङ समाज पोर्चुगलको अध्यक्षमा योन्जन

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

पत्रपत्रिका