निमन्त्रणा निमन्त्रणा निमन्त्रणानेपाल राष्ट्रिय तामाङ घेदुङ पोर्चुगलको ल्होछार कार्यक्रमको तयारी पूरा भएको छ । मञ्जुश्री सम्बत् २८६१ तथा (डुल) सा पुख्री ल्होको अवसर पारेर फेब्रुअरी २ तारिख गर्न लागिएको कार्यक्रमको तयारी पूरा भएको इमानसिंह तामाङले जानकारी दिए ।
कार्यक्रम पोर्चुगलको राजधानी लिस्बनको अल्भलादेस्थित (Republica Da Musica, Rua Do Centro Cultural 29, 1700-106 ) मा बिहान १० बजेबाट सुरु भई मध्यरात १२ बजेसम्म सञ्चालन हुने आयोजकले बताए । आयोजकका अनुसार कार्यक्रममा चर्चित मेन्दोमाया तथा तामाङ सेलो गायिका रमला पाख्रिन, सेलो गायक प्रदीप लामा र कुमार योञ्जनको बिशेष प्रस्तुति रहनेछन् ।
तामाङ अक्षयकोषको स्थापनासमेत गर्न लागिएकोले कार्यक्रम महत्त्वपूर्ण हुने अध्यक्ष इमानसिंह तामाङले बताए । उनका अनुसार कार्यक्रममा तामाङ समुदायको सांस्कृतिक झलकहरु प्रस्तुत हुने र लामागुरुबाट विशेष पूजापाठ समेत गरिने छन् ।
कार्यक्रमलाई बृहत बनाउन पोर्चुगलमा रहेका संघसंस्था, समाजसेवी, व्यवसायी, पत्रकार लगायत गैर तामाङहरुलाई समेत निमन्त्रणा गरिसकेको अध्यक्ष इमानसिंह तामाङले बताए । उनले कारणबस कार्यक्रमको निमन्त्रणा नपुगेको खण्डमा यसै समाचारलाई आधार मानेर उपस्थित हुनसमेत आग्रह गरे ।
थप यो पनि
तामाङ घेदुङ पोर्चुगलको अध्यक्षमा इमानसिङ