तामाङ परिवार माड्रिड स्पेनले सोनाम ल्होछार मनाउने भएको छ । तामाङ परिवार म्याड्रीडले तामाङ समुदायको महान पर्व मञ्जुश्री सम्वत् २८६१ डुल (सा पुख्री) ल्हो / सर्प वर्षको अवसरमा विशेष सांस्कृतिक कार्यक्रमको आयोजना गरि ल्होछार मनाउन लागिएको हो ।
कार्यक्रम यही फेब्रुअरी ९ तारिखमा स्पेनको राजधानी(C.de Carretas,14,Planta3,Centro,28012 Madrid Metro L1/2/3 SOL) मा हुने भएको छ । स्थानीय समयअनुसार साँझ ५:३० बजे कार्यक्रम सुरु हुनेछ ।
विगतमा पनि स्पेनमा रहेका तामाङ समुदायले आफ्नो धार्मिक, सांस्कृतिक सम्पदा र परम्पराको संरक्षणका लागि मनाउँदै ल्होछार मनाउदै आएको कार्यक्रम संयोजक एवं एनआरएन स्पेनका पूर्व अध्यक्ष सुजिल गोलेले बताए । उनका अनुसार, यो पर्वले गैरतामाङसँग समेत भावनात्मक सम्बन्ध स्थापना गर्ने, सांस्कृतिक आदानप्रदान र आपसी समझदारीलाई बलियो हुनेछन् ।
कार्यक्रमको तयारी तीव्र रूपमा अघि बढिरहेको तामाङ परिवारका श्याम लाे तामाङले जानकारी दिए । उनका अनुसार ल्हाेछार कार्यक्रम सफल पार्ने म्याड्रीडका नेपालीहरुले सहयाेग गरेका छन् । तामाङ समुदायसँगै म्याड्रीडमा रहेका नेपालीजनहरुलाई कार्यक्रमका लागि निमन्त्रणा गरेको तामाङ परिवारका श्याम लोले बताए । कारण बस निमन्त्रणा नपुगेको खण्डमा यसै समाचारलाई आधार मानेर उपस्थित हुनसमेत लो ले आग्रह गरे ।
त्यसैगरी कार्यक्रममा गायक प्रदिप थिङ तामाङ, म्हेन्दोमाया गायक प्रनिल वाईबा तामाङ र गायक रमेश क्षेत्रीको बेजोड प्रस्तुति रहनेछन् । कार्यक्रममा बिन्द्रा योन्जन, नैरा/नैशा, समिक्षा तामाङ, रेनु गोले, पबित्र थोकर, नानू गोम्जा, सन्ध्या घिसिङ, मिक्का गुरुङ र बिरश/सोनु तामाङको नृत्य रहनेछन् ।