राष्ट्रियसभा बैठकः समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
14 Shares
काठमाडौं
राष्ट्रियसभा बैठक काठमाडौँ, २० माघः नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा आइतबार बसेको राष्ट्रिय सभा बैठक । तस्बिरः गोपाल दाहाल÷रासस

राष्ट्रियसभा सदस्यहरुले आजको बैठकमा समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएको छ ।

साथै उनीहरूले अछामको ढकारी गाउँपालिकामा केहीदिन अघि दुई किशोरी मृत फेला परेको घटनाको अनुसन्धान गर्न सरकारको ध्यानाकर्षण गराएको छ । सभाको आजको बैठकको शून्य समयमा उनीहरुले घटनामा संलग्नलाई कारबाही गर्न माग गरे।

सांसद गङ्गाकुमारी बेल्बासेले अछामको ढकारी गाउँपालिकामा सरस्वती खड्का र ईश्वरी खड्काको हत्यामा संलग्नलाई कडा कानुनी कारबाही गर्न र आगामी दिनमा त्यस्ता घटना हुन नदिन सरकारको ध्यानाकर्षण गराए।

सांसद शारदादेवी भट्टले किशोरीको हत्यामा संलग्नलाई कडाभन्दा कडा कारबाही गर्न सरकारको ध्यानाकर्षण गराए। उनीले महिला हिंसाका घटना न्यूनीकरण हुन नसक्नु तथा दिनप्रतिदिन महिला हत्याको घटना बढ्नु बिडम्बना भएको बताए ।

सांसद गोपीबहादुर सार्की अछामीले सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकामा २२ वर्षीय दिनेश विक प्रेमिकालाई भेट्न जाँदा गाउँलेले कुटपिट गरेर हत्या गरेको घटनाको छानबिन गरी दोषीमाथि कारबाही गर्न माग गरे।

सभाका अर्का सदस्य जगप्रसाद शर्माले स्वच्छ खानेपानी पाउने नागरिकको नैसर्गिक हक कार्यान्वयन गर्न खानेपानी वितरण प्रक्रियामा लाग्दै आएको विद्युत् महसुल मिनाहा गर्न सरकारको ध्यानाकर्षण गराए।

सांसद तारामान स्वाँर, मायाप्रसाद शर्मा र तुलसाकुमारी दाहालले सुदूरपश्चिम प्रदेशको राजधानी निर्माणका लागि सङ्घीय सरकारले ध्यान दिनुपर्ने, जाजरकोट भूकम्पबाट प्रभावितका आवास पुनःनिर्माणमा ढिलाइ हुन नहुने तथा संविधानको भावनाअनुसार कानुन निर्माण गर्न सङ्घीय संसद्को चालु अविधेशन केन्द्रित हुनुपर्नेमा जोड दिए ।

राष्ट्रियसभाको बैठक जारी छ ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया