नेपाल निजामती कर्मचारी संगठन, रसुवाको १३ औं जिल्ला अधिबेशनबाट कैसाङ ढिङ्गुप तामाङ अध्यक्षमा निर्वाचित भएको छ।
नयाँ कार्यसमितिमा उपाध्यक्षमा गोविन्द आचार्य, महिला उपाध्यक्षमा अम्विका देवकोटा, सचिवमा चाल्सजंग शाही, सहसचिवमा वीरबहादुर बुलुन र कोषाध्यक्षमा कृष्णप्रसाद ढकाल चयन भएका छन्।
सदस्यहरूमा छोवाडदोर्जे तामाङ, रामसागर यादव, हर्क तामाङ, कलमबहादुर शाही, युगेन लेप्चा र अर्जुन सुबेदी रहेका छन्।
अधिबेशनले संगठनको नयाँ नेतृत्वलाई जिल्लामा निजामती कर्मचारीको हक अधिकार र कल्याणका लागि कार्य गर्ने जिम्मेवारी दिएको छ। नयाँ कार्यसमितिले संगठनको उद्देश्य र लक्ष्यप्रति प्रतिबद्ध रही काम गर्ने प्रतिबद्धता जनाएको छ।
तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1