ब्राजिलियाली राष्ट्रपति जाइर चीन आउने

सैलुङअनलाइन संवाददाता
0 Shares
चीन

ब्राजिलका राष्ट्रपति जाइर मेसियास बोल्सोनारो चिनियाँ राष्ट्रपति सी चीनफिङको निमन्त्रणामा बिहीबारदेखि शनिबारसम्म चीन भ्रमणमा आउने भएको छ ।

ब्राजिलको राष्ट्रपतिका रूपमा निर्वाचित भएपछि उनको यो पहिलो भ्रमण हो । सन् १९५५ मा ब्राजिलको साओ पाओलोमा जन्मिएको बोल्सोनारो गत बर्ष ब्राजिलको राष्ट्रपति बनेको थियो भने राष्ट्रपतिको जिम्मेवारी यसै बर्षको जनवरी १ देखि समालेको थियो ।

चीनमा रहँदा उनले राष्ट्रपति सीलगायतका उच्च पदस्थ अधिकारीसँग भेट्ने कार्यक्रम तय भएको छ । उनीहरूबीच दुई देशबीचको कुटनीतिक तथा आर्थिक सम्बन्ध विस्तारका बिषयमा भेटवार्ता केन्द्रित रहने बताइएको छ ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

पत्रपत्रिका