चिन सरकारको आर्थिक सहयोगमा निर्माण हुने स्याफ्रुवेसि(रसुवागढि सडकको शिलान्यास गरिएको ६ वर्षपछि फागुनको पहिलो सातादेखि निर्माण कार्य सुरू हुने भएको छ। गल्छी, त्रिशूली, मैलुङ, स्याफ्रुवेसि, रसुवागढि सडक योजना अनुसार शिलान्यास गरिएको यो सडक निर्माण कार्य ल्होसार मनाउन गएका चिनियाँ निर्माण कम्पनीका कर्मचारीहरू आएपछि सुरू हुनेछ।
२०७६ साल असोज ११ गते निर्माण कम्पनी चाइना तिब्बट टिएनएन्यु कम्पनी लिमिटेडले सडकको शिलान्यास गरेको थियो। योजनाको सम्झौता अनुसार ३९ महिनामा काम सम्पन्न गर्ने र ३ करोड ७९ लाख अमेरिकी डलर खर्चमा निर्माण हुने योजना कार्यालयका प्रमुख खड्गलाल श्रेष्ठले जनाएका छन्।
प्रमुख श्रेष्ठले कोरोनाको महामारीका कारण रोकिएको यो निर्माण कार्य सडक छेउमा रहेका संरचना, विद्युतीय तार, घरटहरा तथा जग्गाको मुआवजा वितरण भईसकेकोले अब काम द्रुत गतिमा अगाडि बढ्ने बताए। १७ किलोमिटर लामो यो सडकको साढे आठ मिटर चौडाईमा कालोपत्रे गरिनेछ भने दायाँबायाँ छेउमा एक मिटर चौडाई नाली रहने व्यवस्था गरिएको छ।
यो सडक निर्माण पूरा भएपछि स्याफ्रुवेसि र रसुवागढिका बीच यातायात सुविधा र व्यापारिक गतिविधिहरूमा ठूलो सुधार आउने अपेक्षा छ।