तामाङ समाज क्रोएसियाको सोनाम ल्होछार कार्यक्रम तीब्र तयारी भइरहेको छ । सन् २०२५ फेब्रुअरी ९ तारीख गर्न लागिएको सोनाम ल्होछार कार्यक्रमको तीब्र तयारी भइरहेको तामाङ समाजका अध्यक्ष प्रकाशचन्द्र तामाङले जानकारी दिए ।
अध्यक्ष तामाङका अनुसार लामा, ताम्बा, आमन्त्रित कलाकार र स्थानीय कलाकारहरु तीब्र रुपमा तयारी गरिरहेका छन् । ` प्रवासमा सबैको अनुकूल समय नभएको कारण नेपालभन्दा झन्डै एक हप्ता पछि ल्होछार कार्यक्रम गर्न गर्न लागिएको हो,` तामाङ समाजका अध्यक्ष प्रकाशचन्द्रले भने,` कार्यक्रमलाई बृहत बनाउन पोर्चुगलबाट गायकहरुलाई निमन्त्रणा गरेको छौं ।´
ल्होछार कार्यक्रममा गायक कुइसाङ वाइवा र पुष्पा वाइबालाई निमन्त्रणा गरेको आयोजकले बताए । आयोजकका अनुसार कार्यक्रममा स्थानीय गायिका दीपा तामाङ, माया थोकर, गायक बुद्ध तामाङ, बिजय पाख्रीन, अजित थकाली र सनेत लामाले आफ्ना प्रस्तुत दिनेछन् । त्यस्तै क्यालियाना लामा र सोमती तामाङको नेतृत्वमा सलोमी तामाङ, श्रीषा तामाङ लगायत अन्यले नृत्य गर्नेछन् ।
कार्यक्रमको प्रमुख अतिथि एनआरएन क्रोएसियाका अध्यक्ष साइमान लामा रहेको आयोजकले बताए । आयोजकका अनुसार विशेष अतिथि युवा समाजसेवी एवं व्यवसायी दावा लामा रहेका छन् ।
जाग्रेबको प्रेच्को २ ए मा हुने कार्यक्रमको टिकट ५ युरो तोकिएको छ । टिकटका लागि एभरेस्ट म:म, बुद्ध मार्ट, काठमाडौं मार्ट, अजिमा ट्राभल्स, थकाली हाउस, हिमालयन करी, सगरमाथा होस्टेल लगायतमा पाइने छन् । त्यस्तै कार्यक्रमस्थलमा समेत सोहि दिन किन्न सक्नेछन् ।
सन् २०२३, को अन्त्यतिर गठन भएका तामाङ समाज क्रोएसियाले गतवर्ष ल्होछार मनाएका थिए । त्यस्तै समाजले विभिन्न क्षेत्रका पीडितहरुलाई आर्थिक सहयोग गर्दै आइरहेका छन् । पछिल्लोपटक काभ्रे महाभारत-१, का क्रोएसियामा मृत्यु भएका परिवारका लागि एनआरएनद्वारा चलाएका अभियानमा २ हजारभन्दा धेरै युरो उठाएर हस्तान्तरण गरेका थिए ।
नोट : यसअघिको समाचारमा त्रुटी भएकोले सच्याइएको छ । सम्पादक
थप यो पनि
- तामाङ समाज क्रोएसियाको ल्होछार सर्यो, कार्यक्रम फेब्रुअरी ९ तारीख
- तामाङ समाज क्रोएसियाले फेब्रुअरी २ तारीख ल्होछार मनाउने
- तामाङ समाज क्रोएसियाको अधिवेशन तथा वार्षिकोत्सब सम्पन्न, अध्यक्षमा प्रकाशचन्द्र