रसुवा जिल्लाको राम्चे गाउँ (हाल कालिका गाउँपालिका वडा नं. १) का कृषकहरूले आधुनिक तरकारी खेती गरेर राम्रो आम्दानी गर्दै आएका छन्।
राम्चेका कृषकहरूले आधुनिक तरकारी खेती गरेर राम्रो आम्दानी गर्दै आएका छन्। परम्परागत खेती प्रणालीमा सुधार ल्याई वैज्ञानिक तथा आधुनिक प्रविधि अपनाउँदा यहाँका कृषकहरूले उल्लेखनीय आर्थिक लाभ उठाइरहेका छन्।
राम्चेका कृषक काले लोप्चन तामाङले तरकारी खेती गरेर वार्षिक २ लाख रुपैयाँ बचत गर्न सफल भएका छन्। उनले तत्कालीन कृषि विकास कार्यालयबाट २०७३ सालमा ‘सानो फुर्पा कृषि फर्म’ दर्ता गरी ५ रोपनी जग्गामा काउली, बन्दा, साग, लसुन, प्याज, मुला लगायतका तरकारी रोपेका छन्। यसबाट उनले सिजनमा त्रिशूली र काठमाडौँको तरकारी बजारमा बिक्री गरेर राम्रो आम्दानी गर्न सफल भएका छन्।
सङ्घीयता लागू भएपछि कृषि विकास कार्यालय हटेर कृषि ज्ञान केन्द्र, नुवाकोटले यस क्षेत्रलाई हेर्न थालेपछि कृषकहरूले नयाँ ज्ञान र सिप प्राप्त गर्न सकेका छन्। तामाङले कृषि ज्ञान केन्द्रबाट परामर्श लिई आधुनिक तरिकाले खेती गर्दै आएका छन्। उनको उदाहरणले अरू कृषकहरूलाई पनि प्रेरित गरेको छ।
यसै गरी अर्को कृषक सेते मोक्तानले पनि तरकारी खेती गरेर वार्षिक ३ लाख रुपैयाँ नाफा कमाउन सफल भएका छन्।
यस क्षेत्रका अर्का कृषक लाउटा थिङले पनि तरकारी खेती गरेर वार्षिक साढे ३ लाख रुपैयाँ कमाउन सफल भएका छन्। उनले आफ्नो मेहनत र लगनशीलताको कारणले गर्दा यस्तो सफलता पाएको बताए।
यसै गरी, कृषक सोमबहादुर मोक्तानले व्यावसायिक तरकारी खेती गरेर राम्रो आम्दानी गर्दै आएका छन्। उनले भने, ‘हामीले दुख गरेर कमाएको आम्दानीले घर र समाजमा आवश्यक खर्च गर्न पुगेको छ।’
राम्चे गाउँका अधिकांश कृषकहरूले परम्परागत खेतीसँगै आधुनिक तरकारी खेती, दूध उत्पादन, मासु र खसी व्यापार गरेर आफ्नो आर्थिक स्थिति सुधारेका छन्। यसले गाउँको अर्थतन्त्रमा ठुलो योगदान पुर्याएको छ। कृषकहरूको मेहनत र लगनशीलताले राम्चे गाउँ अब तरकारी खेतीको रूपमा परिचित बनेको छ।
यसले गाउँको अर्थतन्त्रमा ठुलो योगदान पुर्याएको छ। कृषकहरूको मेहनत र लगनशीलताले राम्चे गाउँलाई तरकारी उत्पादनको प्रमुख क्षेत्रका रूपमा परिचित गराएको छ।
स्थानीय तथा सरकारी निकायहरूको सहकार्यमा आधुनिक कृषि प्रविधि, तालिम तथा अनुदान उपलब्ध गराइने हो भने यस क्षेत्रका कृषकहरूले अझ बढी लाभ उठाउन सक्ने सम्भावना छ। राम्चेका कृषकहरूको सफलता अरू क्षेत्रमा पनि उदाहरणीय बन्न सक्छ।