न्यूजील्याण्डमा सोनाम ल्होछार : एकै दिन दुई स्थानमा भव्य कार्यक्रम

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
497 Shares
न्यूजील्याण्ड

देश विदेशमा ल्होछार मनाउने क्रम जारी छ । कतिपय स्थानमा समयानुकूल ल्होछार मनाउने तयारी गरिरहेका छन् । यसैमा धेरैजसो प्रवासका संघसंस्थाहरुले ल्होछार कार्यक्रम मनाइसकेका छन् । यसैमा तामाङ सोसाइटी अफ न्यूजील्याण्डद्वारा आयोजित सोनाम ल्होछार कार्यक्रम मञ्जुश्री संवत् २८६१ औँ डुल ल्हो (स-पुख्री ल्हो) को पावन अवसरमा भव्य सांस्कृतिक कार्यक्रमका साथ सम्पन्न गरिएको छ ।

तामाङ सोसाइटीले गत शनिवार फेब्रुअरी १ तारिखमा मनाइसकेका छन् ।

भौगोलिक कारणले गर्दा सोसाइटीले दुई भिन्न स्थान साउथल्याण्ड, आशबर्टन र नर्थ, अकल्याण्डमा एकै समयमा कार्यक्रमहरू आयोजना गरी मनाइएको थियो ।

साउथल्याण्ड, आशबर्टनका ल्होछार

साउथल्याण्ड, आशबर्टनमा स्थानीय समय अनुसार साँझ ५:०० बजे सुरु भएको थियो । कार्यक्रममा तामाङ सोसाइटी अफ न्यूजील्याण्डका वर्तमान अध्यक्ष रबिन मोक्तानको सभापतित्वमा सम्पन्न भएको थियो। त्यस्तै कार्यक्रमका प्रमुख अतिथि एनआरएनए न्युजिल्याण्डका  (NRNA NZ) का उपाध्यक्ष टिकाराम गिरी र विशिष्ट अतिथि किराँत सोसाइटी न्यूजील्याण्डका अध्यक्ष डा. चन्द्र राई लगायत विभिन्न सङ्घसंस्था र समुदायका प्रमुखहरू उपस्थित रहेका थिए।

कार्यक्रमको मुख्य उद्देश्य धार्मिक, सांस्कृतिक सम्पदा र परम्पराको संरक्षणका साथै गैर-तामाङ समुदायसँग भावनात्मक सम्बन्ध र सांस्कृतिक आदानप्रदानलाई बलियो बनाउने रहेको थियो।

कार्यक्रममा तामाङ सेलो नृत्य, गायन र अन्य सांस्कृतिक प्रस्तुतिहरू समावेश थिए। साथै, उपस्थितिहरूका लागि परम्परागत स्वादिष्ठ खानपिन र परिकारहरूको व्यवस्था गरिएको थियो।

नर्थ, अकल्याण्डमा सम्पन्न

नर्थ, अकल्याण्डमा पनि सोही दिन एकै समयमा कार्यक्रम आयोजना गरिएको थियो। यस कार्यक्रममा पनि तामाङ समुदायका सदस्यहरूले आ-आफ्ना सांस्कृतिक प्रस्तुतिहरू दिएका थिए। कार्यक्रममा उपस्थित सबैलाई तामाङ संस्कृति र परम्पराको अनुभव गराउने प्रयास गरिएको थियो।

सोनाम ल्होछार तामाङ समुदायका लागि एक महत्त्वपूर्ण पर्व हो । जसले नयाँ वर्षको शुभारम्भलाई जनाउँछ। यस अवसरमा समुदायका सदस्यहरू एक ठाउँ हुने, आफ्ना सांस्कृतिक परम्पराहरू मनाउने र नयाँ वर्षको शुभकामना आदानप्रदान गर्ने गर्दछन्। न्यूजील्याण्डमा बसोबास गर्ने तामाङ समुदायले यस कार्यक्रमलाई आफ्नो संस्कृति र परम्परालाई संरक्षण गर्ने र अर्को पुस्तालाई हस्तान्तरण गर्ने एक माध्यमको रूपमा लिइरहेको सोसाइटीका पूर्व महासचिव पाण्डव पाख्रिनले जानकारी दिए ।

कार्यक्रममा उपस्थित विभिन्न समुदायका प्रतिनिधिहरूले यस प्रकारका सांस्कृतिक कार्यक्रमहरूले समुदायहरूबिच आपसी समझदारी र सद्भावना बढाउने महत्त्वपूर्ण भूमिका खेलेको उनले बताए। उनीहरूले तामाङ सोसाइटी अफ न्यूजील्याण्डलाई यस्तो सफल आयोजनाका लागि धन्यवाद व्यक्त गरे।

तामाङ सोसाइटी अफ न्यूजील्याण्डले आयोजना गरेको सोनाम ल्होछार कार्यक्रमले न्यूजील्याण्डमा बसोबास गर्ने तामाङ समुदायलाई एकताबद्ध गर्ने र आफ्नो संस्कृति र परम्परालाई संरक्षण गर्ने दिशामा महत्त्वपूर्ण भूमिका खेलेको छ। यस्ता कार्यक्रमहरूले समुदायहरू बिच सांस्कृतिक आदानप्रदानलाई बढवा दिने र सामाजिक सद्भावना कायम गर्ने काम गर्छन्।

यो पनि

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
2
+1
1
+1
0

तपाईको प्रतिक्रिया

पत्रपत्रिका