तामाङ समाज क्रोएसियाद्वारा गायक पुष्पा वाइबाको स्वागत, ल्होछार कार्यक्रम आइतबार

टिकट कार्यक्रमस्थलमै पाइने

नवराज तामाङ
नवराज तामाङ सैलुङअनलाइन
511 Shares
जाग्रेब, क्रोएसिया

तामाङ समाज क्रोएसियाले गायक पुष्पा वाइबालाई स्वागत गरेको छ । गायक वाइबालाई तामाङ समाज क्रोएसियाले शनिबार जाग्रेबको अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेको हो ।

आइतबार हुने सोनाम ल्होछार कार्यक्रमका लागि गायक वाइबा आएका हुन् । उनलाई स्वागत गर्न तामाङ समाजका अध्यक्ष प्रकाशचन्द्र तामाङ, बरिस्ठ उपाध्यक्ष बुद्ध लामा, समाजसेवी सबिन काफ्ले, तामाङ समाजकी रोशनी तामाङ लगाय अन्य विमानस्थल पुगेका थिए ।

ल्होछार कार्यक्रम लागि गायक कुन्साङ लामा भने आइतबार बिहान् आइपुग्ने तामाङ समाज क्रोएसियाका अध्यक्ष प्रकाशचन्द्रले बताए । उनका अनुसार कार्यक्रमको तयारसमेत पूरा भैसकेको छ ।

जाग्रेबको प्रेच्को २ ए (precko2a) मा दिउँसो १ बजेबाट हुने कार्यक्रममा लामा, ताम्बा, आमन्त्रित गायक पुष्पा वाइबा, कुन्साङ वाइबा र क्रोएसियामै रहेकी गायिका दीपा तामाङ, माया थोकर, गायक बुद्ध तामाङ, बिजय पाख्रीन, अजित थकाली र सनेत लामाले आफ्ना प्रस्तुत दिनेछन् । त्यस्तै सांस्कृतिक बिभागकी क्यालिआना तामाङका अनुसार तामाङ संस्कृति झल्काउने नृत्यहरुसमेत कार्यक्रममा प्रस्तुत हुनेछन् ।

कार्यक्रमको प्रमुख अतिथि एनआरएन क्रोएसियाका अध्यक्ष साइमान लामा रहेको आयोजकले बताए । आयोजकका अनुसार विशेष अतिथि युवा समाजसेवी एवं व्यवसायी दावा लामा रहेका छन् ।

त्यस्तै पाँच (५) युरो तोकिएको कार्यक्रमलाई सुकबहादुर तामाङ, दिपक तामाङ र अमृता स्याङ्तानले चलाउनेछन् । टिकट कार्यक्रम हलमा समेत पाइने तामाङ समाज क्रोएसियाका बरिस्ठ उपाध्यक्ष बुद्ध लामाले जानकारी दिए । उनका अनुसार कार्यक्रम हलको क्षमता ७ सयभन्दा धेरैका हुन् ।

थप यो पनि 

तामाङ समाज क्रोएसियाद्वारा ल्होछारको तीब्र तयारी, टिकट ५ युरो

तामाङ समाज क्रोएसियाको ल्होछार सर्‍यो, कार्यक्रम फेब्रुअरी ९ तारीख

तामाङ समाज क्रोएसियाले फेब्रुअरी २ तारीख ल्होछार मनाउने

गायिका इन्दिरा गोलेलाई तामाङ समाज क्रोएसियाको आर्थिक सहयोग

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
1
+1
0

तपाईको प्रतिक्रिया

पत्रपत्रिका