प्रथम शैलुङ कप- २०७६ को उपाधि फेदाली युवा क्लब भुसाफेदाको पोल्टामा परेको छ ।
शैलुङ रङ्गशालामा जारी खुल्ला प्रतियोगिताको फाइनल खेलमा मङ्गलबार आयोजक नव शैलुङ लालीगुँरास समाज (ए)लाई ३-१ गोल अन्तरले पछि पार्दै जित हात पारेको हो । बिजेता टिमले उपाधिसंगै नगद १ लाख ११ रुपैयाँ शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।
उपबिजेता बनेका नव शैलुङले ५० हजार ५ सय ५५ रुपैयाँ मेडल र प्रमाणपत्र प्राप्त गरे । त्यसैगरी शैलुङ शिखर स्पोर्ट्स क्लब रामेछाप र स्टार शैलुङ क्लबले २० हजार ११ रुपैयाँका नगद मेडल र प्रमाणपत्र पाएका थिए ।
बिजेता, उपविजेता, सेमिफाइनलसम्म पुगेका टीम, उत्कृष्ट खेलाडी उच्च गोलकर्ता, लगायतलाई प्रमुख अतिथि प्रदेश नं. ३ का सांसद पशुपति चौलागाईं र शैलुङ गाउँपालिका अध्यक्ष भरतप्रसाद दुलालले पुरस्कर प्रदान गरेका हुन्।
प्रतियोगिता शैलुङ गाउँपालिकको साझेदारीमा स्टार शैलुङ क्लब, नव शैलुङ लालीगुराँस समाज र खडादेवी समाजले संयुक्त रूपमा आयोजना गरेका हुन्।