अम्रिसोबाट आम्दानी लिँदै म्याग्दीका किसान

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
21 Shares
म्याग्दी

गलेश्वर म्याग्दी यहाँको मङ्गला गाउँपालिका– ५ अर्मनकी तेजकुमारी बुढाथोकीले बारी र पाखोमा लगाएको अम्रिसो खेतीबाट गत वर्ष रु तीन लाख आम्दानी गरे । यस वर्ष चार लाख रुपैयाँ बढी आम्दानी गर्ने उद्देश्यका साथ अम्रिसो खेती विस्तार गरेको उनले बताए ।

त्यसैगरी बेनी नगरपालिका– २ रोहोटेका बेलबहादुर घिमिरेले अम्रिसो अम्रिसो बिक्री गरेर दुई लाख रुपैयाँ आम्दानी गरेको बताए। यहाँका किसानले अम्रिसो प्रतिकेजी एक सय २५ रुपैयाँका दरले बिक्री गर्दै आएका छन् । “गत वर्ष एक सय २५ रुपैयाँमा बिक्री ग¥यौँ, यस वर्ष मूल्य बढेको छ भन्ने सुनेका छौँ”, घिमिरेले भने।

उनीहरु जस्तै अन्य किसानले पनि केही वर्षअघि सम्म खेतबारीमा खेर गइरहेको अम्रिसो खेती गरेर आम्दानी लिन थालेका छन् ।

विगत पाँच वर्षदेखि म्याग्दीबाट अम्रिसो व्यापार गर्दै आएका ओढारचौरका कृष्ण गौतमले गत वर्ष १० क्विन्टल अम्रिसो खरिद गरेको र यस वर्ष पनि एक सय २५ रुपैयाँमा नै १२ क्विन्टल अम्रिसो खरिद गर्नका लागि किसानलाई पेश्की बुझाइसकेको बताए।

एक किलो अम्रिसोबाट पाँचवटासम्म कुचो बनाउन सकिने र प्रति कुचो ७५ रुपैयाँ देखि एक सय रुपैयाँ सम्ममा बिक्री हुने उनको भनाइ छ । म्याग्दीमा प्रतिकिलो एक सय २५ रुपैयाँ मा खरिद गरेको अम्रिसो पोखरामा एकसय ६० रुपैयाँ, चितवनमा एक सय ९० रुपैयाँ र काठमाडौँंमा दुईसयमा बिक्री गर्ने गरेको उनले बताए।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

पत्रपत्रिका