क्रोएसियामा सोनाम ल्होछार भव्य मनाइयो (फोटो फिचर) 

नामसिंह तामाङ संवाददाता
1162 Shares
क्रोएसिया

तामाङ समाज क्रोएसियाले आइतबार बृहत सांस्कृतिक कार्यक्रमको आयोजना गरी सोनाम ल्होछार मनाएको छ। यस कार्यक्रममा ६ सय भन्दा बढी मानिसहरु उपस्थित थिए । जसले तामाङ संस्कृति र परम्पराको रङ्गिलो उत्सव मनाए।

कार्यक्रमको सुरुवात लामागुरु कमल योन्जनले पूजापाठ गरेर गरेका थिए । उत्सव राति ९ बजेसम्म चलेको थियो । जसमा उपस्थित सबैले म्हेन्दोमाया, तामाङ सेलो, तामाङ गीत लगायतमा नाचगान गरेर आफ्नो सांस्कृतिक पहिचानलाई जोगाए।

कार्यक्रमका प्रमुख अतिथि एनआरएन क्रोएसियाका अध्यक्ष साइमान लामा रहेका थिए । विशेष अतिथिको रूपमा युवा समाजसेवी एवं आप्पा कम्पनीका प्रबन्धक निर्देशक दावा लामा उपस्थित थिए।

म्हेन्दोमाया गायक/सर्जक पुष्पा वाइबाले आधा दर्जनभन्दा बढी गीत गाएर उपस्थित सबैलाई मन्त्रमुग्ध पारे। उनको गीतमा गोला आकार बनाएर नाच्नेहरुले हललाई हलचलमा पुर्‍याए।

त्यस्तै, सेलो गायक/सर्जक कुन्साङ वाइबाको प्रस्तुतिले उत्सवलाई अझ उचाइमा पुर्‍यायो। उनको गीतमा विदेशी अतिथिहरु समेत नाचेर आफ्नो उत्साह देखाए।

तामाङ समाजका अध्यक्ष प्रकाशचन्द्र तामाङको सभापतित्वमा कार्यक्रमलाई उपाध्यक्ष तोकिएको कार्यक्रमलाई सुकबहादुर तामाङ, दिपक तामाङ र अमृता स्याङ्तानले संचालन गरेका थिए।

कार्यक्रममा क्रोएसियामा रहेका गायिका दीपा तामाङ, माया थोकर, बुद्ध लामा, बिजय पाख्रीन, सनेत लामा, डीओपी (DOP) ब्याण्ड लगायतले आआफ्ना प्रस्तुति दिएर उत्सवलाई अझ रङ्गिलो बनाए।

यसरी क्रोएसियामा रहेका नेपाली तामाङ समुदायले आफ्नो सांस्कृतिक पहिचानलाई कायम राख्दै सोनाम ल्होछार मनाएको छ। यस कार्यक्रमले विदेशमा बसेका नेपालीहरुको एकताको सन्देश दिएको छ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
4
+1
4
+1
0

तपाईको प्रतिक्रिया

पत्रपत्रिका