क्यान्सरले थलिएकी सुष्माको अपिल‚ म बाँच्न चाहन्छु‚ सहयोग गर्नुहोस्

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
371 Shares
नुवाकोट

नुवाकोट जिल्लाको दुुप्चेश्वर गाउँपालिका वडा नं ४ का बासिन्दा सुुष्मा तामाङ लामो समयदेखि क्यान्सर जस्तो प्राणघातक रोगले थलिएकी छिन्। उनी फोक्सोको क्यान्सरबाट अहिले एक कठिन सङ्घर्षमा परिणत भएको छ। गाउँको दुर्गम भौगोलिक अवस्था, आर्थिक अभावले उपचारमा ठुलो समस्या आएको छ।

तामाङको परिवार गरिबीको रेखामुनि भएकोले उपचारका लागि पर्याप्त आर्थिक साधन नभएकोले उनी नियमित उपचारबाट वञ्चित छिन्। उनको स्वास्थ्य अवस्था दिनप्रतिदिन बिग्रँदै गइरहेको छ।
सहरका क्यान्सर अस्पतालहरू भक्तपुर क्यान्सर अस्पताल, काठमाडौँ क्यान्सर अस्पताल,हरिसिद्धी क्यान्सर अस्पताल,वीर अस्पताल, टिचिङ अस्पताल र स्तूूपा सामुदायिक अस्पताल लगायतमा उपचार गरिरहेको उनकी श्रीमान् वीरबहादुर तामाङले जानकारी दिए ।

३७ वर्षीया तामाङको उपचारमा करिब ५० लाख सकिसकेको उनका श्रीमान् तामाङले बताए । अहिले उनी गोकर्णमा बसिरहेकी छन् । त्यहीबाट उपचारमा धाइरहेकी छन् ।

सुुष्माको परिवारले उनको उपचारका लागि सहयोगको अपेक्षा गरिएको छ । उनीहरूले सरकार र गैरसरकारी संस्थाहरूबाट आर्थिक सहयोग र स्वास्थ्य सेवाको पहुँच बढाउन अपिल गरेका छन्। सुष्माको कथा नुवाकोट जस्ता दुर्गम क्षेत्रमा बसोबास गर्ने हजारौँ मानिसहरूको कठिनाइको प्रतिनिधित्व गर्छ।

उनलाई सहयोग गर्नाका लागि ज्योति विकास बैङ्क लिमिटेडको वीरबहादुर तामाङको खाता नं १२००१३००८४४९९५०००००१ सहयोग गर्न सकिन्छ । बिरामीलाई सम्पर्क गरेर पनि सहयोग गर्न सकिन्छ । त्यसको लागि ९८०२४९२५३७ मा प्रत्यक्ष भेट्न वा सम्पर्क गर्न सकिन्छ ।

यस्तो अवस्थामा स्थानीय सरकार र समुदायले संयुक्त रूपमा कदम चाल्नुपर्ने आवश्यकता देखिन्छ। तामाङ जस्ता रोगीहरूको उपचारका लागि विशेष योजना बनाउनु आजको माग बन्न पुगेको छ। उनको सङ्घर्ष हामी सबैको ध्यानाकर्षण गराउँदै छ कि दुर्गम क्षेत्रमा बसोबास गर्ने मानिसहरूको स्वास्थ्य सेवामा पहुँच बढाउनु कति जरुरी छ।

उनको उपचार र जीवनको गुणस्तर सुधारका लागि समाजको सहयोग र सरकारी पहलको अत्यावश्यकता छ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

पत्रपत्रिका