लुम्बिनीमा बौद्ध विश्व शान्ति मोन्लाम पाठ प्रारम्भ

सैलुङअनलाइन संवाददाता
343 Shares
लुम्बिनी

लुम्बिनी बौद्ध विश्व शान्ति मोन्लाम (प्रणीधान) पाठ लुम्बिनीमा आजबाट प्रारम्भ भएको छ। बौद्ध जागरण केन्द्रको आयोजनामा समस्त प्राणीजगतको हितार्थ लुम्बिनी स्थित मायादेवी मन्दिर परिसरमा बिहान सात बजेबाट मोन्लाम पाठ आरम्भ भएको हो।

बौद्ध गुरू परमपूजनीय क्याब्जे गोसोक रिन्छेनज्यूको विशेष उपस्थित एवं परमपूजनीय गुरू लोसाङ नाम्ग्याल रिन्पोछेको सानिध्यतामा मोन्लाम पाठ प्रारम्भ भएको हो। मोन्लाममा दोलखा, रामेछाप, सिन्धुपाल्चोक, सिन्धुली, मकवानपुर, चितवन, धादिङ, नुवाकोट र रसुवाबाट छोक्पा समूह, गुम्बाका प्रतिनिधिहरू, उपासक तथा उपासिकाहरू गरी सातसय भन्दा बढीको उपस्थित रहेकोछ।

मोन्लाम कार्याक्रममा काठमाडौँबाट टाशी छ्योइलिङ तामाङ गुम्बाका विशेष सहभागिता रहेकोछ। बौद्ध जागरण केन्द्र, काठमाडौँले बिगत पाँच वर्षदेखि लुम्बिनीमा विश्व शान्ति मोन्लाम कार्यक्रम गर्दै आइरहेको छ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
1

तपाईको प्रतिक्रिया