गत हप्ता समता अस्पतालमा मृत फेला परेका रामेछाप दोरम्बा निवासी विमला तामाङको बारेमा दोराम्बा गाउँपालिका न्यायिक समितिले विज्ञप्ति जारी गरेको छ ।
समितिका संयोजक कृशला घिसिङद्धारा हस्ताक्षरित विज्ञप्तिमा लेखिएको छ, – कानूनी राज्यमा यस किसिमका घट्नाले मानव अधिकार, लैङ्गिक हिंसा न्यूनीकरण विषयमा सरकारले गरेको प्रतिवद्धता कागजी रुपमा मात्रै सिमित रहनेछ ।
घटना रहस्यमय देखिएकाले यथासिघ्र राज्यका सबै निकायले सत्यतथ्य छानविन गर्न माग गरेको छ ।
समता अस्पतालमा कार्यरत विमला सोही अस्पतालको बन्द कोठामा झुण्डिएको अवस्थामा फेला परेका थिए ।