रसुवामा सामाजिक सेवाका नामी व्यक्तित्व सुनिता माया गुरूङ

सरस्वती न्याैपाने
सरस्वती न्याैपाने संवाददाता
1533 Shares
रसुवा

रसुवा जिल्लाका समाजसेवी सुनिता माया गुरूङले आफ्नो समर्पण र सक्रियताका कारण समाजमा ठूलो मान्यता र लोकप्रियता हासिल गरिसकेकी छन्। महिला, बालबालिका, जेष्ठ नागरिक र अल्पसंख्यक समुदायका हक हितका लागि उनले गरेका अथक प्रयासले उनलाई जिल्लाभर चिनिन बनाएको छ।

गुरूङले विगत १४ वर्षदेखि रसुवा जिल्लामा महिला तथा बालबालिकाको क्षेत्रमा काम गरिरहेकी छिन्। उनी रसुवा महिला संजालकी अध्यक्ष तथा जिल्ला प्रहरी कार्यालय अन्तर्गत रहेको महिला, बालबालिका तथा जेष्ठ नागरिक कक्षको लैङ्गिक हिंसा नियन्त्रण संजालकी पनि अध्यक्ष हुन्। उनले जिल्लाका दुर्गम ग्रामीण क्षेत्रहरूमा पुगेर लैङ्गिक हिंसा पीडितहरूलाई सहयोग र सहजिकरण गर्ने काम गरिरहेकी छन्। साथै, उनले समाजमा व्याप्त बिकृति र विसङ्गतिको विरुद्ध लडेर समाजलाई सभ्य र सकारात्मक दिशातर्फ अगाडि बढाउने प्रयास पनि गरिरहेकी छन्।

सुनिता माया गुरूङको जन्म आजभन्दा ३५ वर्ष अगाडि रसुवा जिल्लाको साविकको ठूलोगाउँ गाउँपालिका (वडा नं. ३) मा भएको हो। उनी सदरमुकाम धुन्चेमा विवाह गरेर आएकी हुन्। सानैदेखि नै समाजसेवामा अग्रसर हुन खोज्ने गुरूङले आफ्नो श्रीमान र परिवारको सहयोगले समाजसेवाको क्षेत्रमा आफूलाई समर्पित गरिन्। उनले महिला, बालबालिका, जेष्ठ नागरिक र अल्पसंख्यक समुदायका हक हित र सेवामा विशेष योगदान दिइरहेकी छन्।

गुरूङले सानैदेखि न्यायको लागि लड्नुपर्छ भन्ने भावनाबाट प्रेरित भई समाजसेवामा आफूलाई झुकाइन्। उनले आफू मध्यम परिवारबाट आएकी भए पनि दुःखीहरूको सेवामा आफूलाई समर्पित गरिन्। उनले समाजमा व्याप्त अन्याय र अत्याचारको विरुद्ध लड्ने बाचा गरिन्। उनले १४ वर्षको अन्तरालमा ३ हजारभन्दा बढी पीडितहरूलाई न्याय दिलाउन सफल भएकी छन्। साथै, उनले पढ्न सक्दैन तर पढ्न चाहने बालबालिकाहरूलाई विद्यालय जाने वातावरण निर्माण गर्ने काममा पनि सक्रिय छिन्।

गुरूङले आफू गुरूङ समुदायमा जन्मिएकी भएकाले सानैदेखि समाजमा महिला, बालबालिका, जेष्ठ नागरिक र अल्पसंख्यक समुदायले भोग्नु परेका कठिनाइहरू देखेकी थिइन्। यसले उनलाई समाजसेवामा लाग्न प्रेरित गर्यो। उनले कानुन विषयमा पनि अध्ययन गरी आफ्नो ज्ञानलाई समाजसेवामा प्रयोग गरिरहेकी छन्। उनले सही र गलतको फरक छुट्याएर पीडितहरूको पक्षमा अवाज उठाउने काम गरिरहेकी छन्।

सुनिता माया गुरूङको कामलाई समाजले खुब प्रशंसा गरेको छ। रसुवा नागरिक समाजका अध्यक्ष बाबुलाल तामाङले ४३ हजार नागरिकहरूको तर्फबाट गुरूङलाई धन्यवाद दिएको छ। उनले गुरूङले समाजमा गरेका योगदानलाई सराहना गर्दै उनको कामलाई अगाडि बढाउन आवश्यक सहयोग गर्ने आश्वासन दिएको छ।

जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी नायव उपरीक्षक केशव भट्टराईले गुरूङले समाजमा पीडितहरूलाई न्याय दिलाउने काम गरेको बताए। उनले भने, ‘समाजमा जो पीडामा पर्छन, ती दुःखी असहायहरू महिला, बालबालिका र जेष्ठ नागरिक हुन्। सुनिता गुरूङले उनीहरूलाई सहजिकरण गर्ने काम गर्छिन्। उनले गरेको कामले हामी न्याय पाउने आशा राख्छौं।’

सुनिता माया गुरूङले समाजमा गरेका योगदानले उनलाई रसुवा जिल्लाको एक प्रमुख सामाजिक व्यक्तित्व बनाएको छ। उनले गरेका कामहरूले समाजलाई सकारात्मक दिशातर्फ अगाडि बढाउन मद्दत गरेको छ। उनको समर्पण र संघर्षले समाजका पीडितहरूलाई न्याय दिलाउने र समाजलाई सभ्य बनाउने काममा ठूलो योगदान दिइरहेको छ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
6
+1
0

तपाईको प्रतिक्रिया

पत्रपत्रिका