क्रोएसिया ल्होछार उत्सवमा ८ सयभन्दा बढीको सहभागिता, पुष्प र कुन्साङको शानदार प्रस्तुति

क्रोएसियाको ल्होछार धुमधामसँग मनाइयो, पुष्प र कुन्साङको संगीतमय प्रस्तुति

नवराज तामाङ
नवराज तामाङ
868 Shares

तामाङ समाज क्रोएसियाले फेब्रुअरी ९ तारीख भव्य सोनाम ल्होछार मनाएको छ । क्रोएसियामा नेपालीहरुले गरेको कार्यक्रम मध्यकै बृहत भएको उपस्थितिहरुको दावी छ ।

ल्होछार मनाउन इलोक, भराजदिन, दुब्रभेनिक, सेस्भेते लगायत अन्य शहर जाग्रेबभन्दा टाढाटाढाबाट मानिसहरु एकीकृत भएर आएका थिए । त्यसमध्ये सहभागी सोनीया मोक्तानले गतसाल भन्दा यसवर्ष कार्यक्रम व्यवस्थित भएको बताइन् । रामेछापकी मोक्तान सेस्भेते शहरमा कार्यरत छिन् ।

त्यस्तै ल्होछार मनाउन आइएकी धादिङकी सुनिता पाख्रीनले प्रवासमा पनि नेपालकै झल्को दिलाएको बताइन् । उनले नेपालको टुडिखेलमा समेत यसरी कार्यक्रममा रमाइलो गर्न नपाएको सुनाइन् । ल्होछार निम्तोमा आएका समाजसेवी अभिषेक प्रसाईंले कार्यक्रमको रौनकले तामाङभन्दा गैर तामाङहरु उत्साहित भएको बताए । झापाका अभिषेक क्रोएसियामा संचालन गरेका प्रत्येक अभियानहरुमा सहभागी छन् ।

कार्यक्रम हेर्न तामाङनी साथीहरूसँग आएकी नुवाकोटकी शर्मिला गुरुङले आफू गाउँमै सोनाम ल्होछार मनाइरहेको अनुभुति गरेकी बताइन् । उनले गाउँमा म्हेन्दोमायामा गोला आकार बनाएर नाचेको, मानेदोरा सुनेको ताजै भएको सुनाइन् । त्यस्तै काभ्रेका सोनाम तामाङले सेलो गीतमा अहिलेसम्म धेरै नाचेको बताए । उनका अनुसार गायक कुन्साङ वाइबाको प्रस्तुतिले मन्त्रमुध बनाएका हुन् । गायक पुष्पा वाइबाको प्रस्तुतिले हललाई कुन्जायमान बनाएको उनको भनाइ थियो ।

स्वागत तामाङ गीतबाट सुर भएको कार्यक्रममा तामाङ समाजका सदस्य रिकेश तामाङले स्वागत मन्तव्य दिएका थिए । लामागुरु कमल योन्जनले पूजापाठ गरेको कार्यक्रम राति ९ बजे सकेका थिए ।
कार्यक्रमका प्रमुख अतिथि एनआरएनका अध्यक्ष साइमान लामाले ल्होछार शुभकामना दिदै तामाङ समाज क्रोएसियालाई धन्यवाद दिए । ल्होछार कार्यक्रमले क्रोएसियामा कार्यरत नेपालीहरुबीच सद्भाव बढेको प्रमुख अतिथि लामाले बताए । उनले ल्होछारका बारेमा विभिन्न मिथ्या रहेपनि सहि ढंगले मनाउन सुझाव दिए ।

त्यस्तै कार्यक्रममा बिशेष अतिथि युवा समाजसेवी एवं व्यवसायी दावा लामाले ल्होछार शुभकामना मन्तव्य राख्दै तामाङ समाज क्रोएसियाले गौरवान्वित बनाए बताए । उनले आगामी दिनमा समेत समाज तामाङ भाषा लक्षित कार्यक्रम गर्न सुजाए ।

कार्यक्रममा सुदूरपश्चिमेली समाजका अध्यक्ष बासु ओझा, शेर्पा किदुगका अध्यक्ष निमा ग्याल्जेन शेर्पा, मगर संघका सुरेन्द्र मगर, धादिङ समाजका अध्यक्ष अब्राहम तामाङ, पोइट हबका संचालक गगन तामाङ, गोर्खा मार्टका संचालक सुजन पौडेल, व्यवसायी रेजिना राई, मोना क्रोएसियाका कार्यबाहक अध्यक्ष सपना मगर, हम्बल हन्डरका प्राबो, तमु समाजका अमृत गुरुङ लगायत अन्य संघसंस्थाका प्रतिनिधिहरु उपस्थित थिए ।

कार्यक्रममा उपस्थिति ८ सय जनाभन्दा धेरैले म्हेन्दोमाया, तामाङ सेलो, तामाङ गीत लगायतमा नाचेर साथ दिएका थिए । उनीहरू तामाङ, गैर तामाङ र विदेशीसमेत थिए ।

म्हेन्दोमाया गायक/सर्जक पुष्पा वाइबाले आधा दर्जनभन्दा धेरै गीत गाएका थिए । उनको गीतमा गोला आकार बनाएर नाच्नेहरुले हलनै अपहरण गरेको जस्तो देखिन्थे । त्यस्तै सेलो गायक/सर्जक कुन्साङ वाइबाको प्रस्तुतिले तातेको माहोललाई उत्कर्षमा पुर्‍याए । गायक कुन्साङले गाएका गीतमा विदेशी अतिथिहरु समेत नाचे ।

तामाङ समाजका अध्यक्ष प्रकाशचन्द्र तामाङको सभापतित्वमा सम्पन्न कार्यक्रमलाई सुकबहादुर तामाङ, दिपक तामाङ र अमृता स्याङ्तानले संचालन गरेका हुन् । कार्यक्रममा क्रोएसियामा रहेका गायिका दीपा तामाङ, माया थोकर, बुद्ध लामा, बिजय पाख्रीन, सनेत लामा, डीओपी(DOP)ब्याण्ड लगायतले आआफ्ना प्रस्तुति दिएका थिए ।

थप यो पनि 

क्रोएसियामा सोनाम ल्होछार भव्य मनाइयो (फोटो फिचर) 

तामाङ समाज क्रोएसियाद्वारा गायक पुष्पा वाइबाको स्वागत, ल्होछार कार्यक्रम आइतबार

तामाङ समाज क्रोएसियाद्वारा ल्होछारको तीब्र तयारी, टिकट ५ युरो

तामाङ समाज क्रोएसियाको ल्होछार सर्‍यो, कार्यक्रम फेब्रुअरी ९ तारीख

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

पत्रपत्रिका