‘सामाजिक न्याय र आर्थिक समृद्धिको अभियान सफल’

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
35 Shares
बागमती
अध्यक्ष प्रचण्ड–खेलाडीसँग परिचय बागमती, ३ फागुन ः मकवानपुरको बागमती गाउँपालिका–४ झुरझुरेस्थित शहीद स्मृति रङ्गशालामा शनिबारदेखि सुरु भएको सातौं संस्करणको बागमती गोल्डकपको उद्घाटन कार्यक्रममा खेलाडीहरुसँग परिचय गर्नुहुँदै नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पुर्वप्रधामन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ । तस्बिरः राजु विश्वकर्मा÷रासस

नेपाल कम्युनिष्ट पार्टी ९माओवादी केन्द्र०का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ले सामाजिक न्याय र आर्थिक समृद्धिका निम्ति आफ्नो पार्टीले प्रारम्भ गरेको अभियान सफल बन्दै गएको बताएका छन्।

मकवानपुरको बागमती गाउँपालिका–४ झुरझुरेस्थित सहिद स्मृति रङ्गशालामा आजदेखि सुरु भएको ‘बागमती गोल्डकप’ फुटबल प्रतियोगिताको उद्घाटन गर्दै उनले सुशासनका, राष्ट्रिय स्वाधीनता, सामाजिक न्याय र आर्थिक समृद्धिका पक्षमा आफ्नो पार्टीले थालेको अभियान सफल बन्दै गएको बताए।

“हामीले देशैभरि राष्ट्रिय एकता निर्माणको अभियान थालेका छौँ”, अध्यक्ष दाहालले भने, “सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिको अभियानले देशैभरि नयाँ आशाको किरण देखिएको छ।” सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिको एजेन्डालाई बलियो बनाउँदै आवश्यकताअनुसार सडक, सदन र सरकारका सबै मोर्चाबाट राष्ट्रिय एकताका लागि अगुवाइ गर्ने बताउनुहुँदै अध्यक्ष दाहालले यसमा सबैलाई लामबद्ध हुन आह्वान गरे।

नागरिकलाई स्वस्थ बनाउन र देशको प्रतिष्ठा विश्वव्यापी रूपमा स्थापित गर्न खेलकुदको विकास महत्त्वपूर्ण भएको उल्लेख गर्नुहुँदै उनले स्थानीय सरकारले पनि यसमा ध्यान दिनुपर्ने बताए। खेलका कारण देशको प्रतिष्ठा उच्च बनाउन सकिने उनको अभिमत थियो।
बागमती गाउँपालिकाका अध्यक्ष सर्केश घलानको अध्यक्षतामा भएको उक्त कार्यक्रममा बागमती प्रदेशसभा सदस्यहरू प्रेमप्रसाद पुलामी, कुमारी मोक्तान, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललितकुमार घलान लगायत उपस्थित थिए।

सामाजिक न्याय र आर्थिक समृद्धिका र सर्लाही मैदानमा

उद्घाटन खेलमा बागमती गाउँपालिका र बागमती युथ क्लब सर्लाहीबीच प्रतिस्पर्धा भइरहेको छ। बागमती गाउँपालिकाको सहयोगमा आयोजित प्रतियोगितामा ‘ए डिभिजन क्लब’का सात र मोफसलका तीन टोली सहभागी छन्।

गाउँपालिकाको लगानीमा रङ्गशाला

बागमती गाउँपालिकाले वडा नं ४ झुरझुरेमा सहिद स्मृति फुटबल रङ्गशाला रु तीन करोड ६० लाख ८८ हजारको लागतमा प्यारापिटसहित सुविधा सम्पन्न निर्माण गरेको हो। बाइस हजार ९२५ वर्ग मिटरमा निर्माण भएको रङ्गशालाको क्षमता दुई हजार ५०० दर्शको छ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

पत्रपत्रिका