राष्ट्रपतिद्वारा अर्थमन्त्री पौडेल र महानगर प्रमुखको स्वस्थ्यबारे जानकारी

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
21 Shares
काठमाडौं

कीर्तिपुर काठमाडौँ राष्ट्रपति रामचन्द्र पौडेलले कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचाररत उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलको स्वास्थ्य अवस्थाबारे जानकारी लिएको छ ।

राष्ट्रपतिले मन्त्री पौडेल र पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यको स्वास्थ्य अवस्थाबारे जानकारी लिएको हो । उनीहरु दुवै जना शनिबार पर्यटन प्रवद्र्धनसम्बन्धी पोखरामा आयोजित कार्यक्रममा बेलुन उडाउने क्रममा घाइते भएको हो । उनीहरु दुवै जनाको सघन उपचार कक्षमा उपचार भइरहेको छ ।

राष्ट्रपति पौडेललाई स्वास्थ्यमन्त्री प्रदीप पौडेल, स्वास्थ्य सचिव डा रोशन पोखरेल तथा अस्पतालका निर्देशक डा किरणकिशोर नकर्मीलगायत उनी हरुको उपचारमा संलग्न चिकित्सकले स्वास्थ्य अवस्थाबारे जानकारी दिएको थियो ।

डा नकर्मीले मन्त्री पौडेल र महानगर प्रमुख आचार्यको अवस्था सामान्य हुँदै गए पनि केह समय चिकित्सकको निगरानीमा राख्नुपर्ने बताएको थियो । अस्पताललाई जलनको उपचारका लागि अत्याधुनिक उपकरण र प्रविधिसहितको व्यवस्था गरिनुपर्नेमा उनीले जोड दिए।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया