सन्दर्भ रासस वार्षिकोत्सव दौड प्रतियोगितामा लामिछाने र थारु प्रथम

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
84 Shares
काठमाडौं

काठमाडौँ राष्ट्रिय समाचार समिति (रासस) को ६४औँ वार्षिकोत्सवको अवसरमा आज आयोजित दौड प्रतियोगितामा पुरुषतर्फ सम्पादक हरि लामिछाने र महिलातर्फ समाचारदाता बुनु थारु चौधरी प्रथम भएको छ ।

नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन राससद्वारा आयोजित सो प्रतियोगितामा पुरुषतर्फ सम्पादन सहयोगी छविलाल कुमाल र महिलातर्फ फोटो सम्पादक सीता भट्टराई दोस्रो भयो । रासस केन्द्रीय कार्यालयबाट एक किलोमिटर दूरीको मैत्रीपूर्ण दौड प्रतियोगितामा २५ जना सहभागी थियो ।

राससका महाप्रबन्धक सिद्धराज राईले प्रतियोगिताका विजेता र उपविजेतालाई नगद पुरस्कार प्रदान गरे। सो क्रममा उनले खेलकुदले स्वास्थ्यसँगै कर्मचारीबीचमा सामूहिक भावना जागृत गर्ने भएकाले यसबाट हार्दिकता कायम हुने विश्वास व्यक्त गरे ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया