मनास्लु वर्ल्ड कलेजले ‘स्वागत तथा सम्मान कार्यक्रम– २०८१’ आयोजना गरेको छ। कार्यक्रममा नेपाल सरकारका उपप्रधान तथा शहरी विकासमन्त्री माननीय प्रकाशमान सिंह प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए।
कार्यक्रममा राष्ट्रिय परीक्षा बोर्ड बागमती प्रदेश परीक्षा व्यवस्थापन कार्यालय प्रमुख जयन्ती सत्याल, राष्ट्रिय निजी तथा आवासीय विद्यालय संघ (नेसनल प्याब्सन) केन्द्रीय समिति सचिव विष्णु पराजुली, लायन्स इन्टरनेसनल ३२५ ई पत्रिका प्रमुख लायन अनन्त प्रसाद भेटुवाल, लायन्स इन्टरनेसनल ३२५ ई नेपाल जिल्ला गभर्नर लायन रामशरण बस्नेत लगायत विभिन्न प्रतिष्ठित व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।
यस कार्यक्रममा शिक्षा, कला, सञ्चार, समाज सेवा र खेलकुद क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएका व्यक्तित्वहरूलाई सम्मानित गरिएको थियो। ‘मनास्लु सम्मान २०८१’ अन्तर्गत महानायक राजेश हमाल (कलाकारिता), राजेन्द्र बानियाँ (सञ्चार), अनुराधा कोइराला (समाज सेवा), किरणकुमार चेम्जोङ (खेलकुद), प्रा.डा. बालचन्द्र लुइँटेल (शिक्षा) लाई सम्मान प्रदान गरिएको थियो। त्यस्तै, उत्कृष्ट शिक्षक तथा कर्मचारीहरूलाई सम्मान गरिएको थियो । विभिन्न विधामा प्रतियोगिता जित्ने विद्यार्थीहरूलाई पुरस्कृत गरिएको थियो।
‘मिस्टर एन्ड मिस मनास्लु’ प्रतियोगितामा अश्विन गुरुङ (विजेता) र रोसिन ढकाल (मिस मनास्लु विजेता) घोषित भएका थिए। ‘मनास्लु नृत्य तारा’ उपाधि वविता मगरले जितिन् भने ‘मनास्लु गायक’को विजेता सन्देश लो भएका थिए। कार्यक्रमलाई भव्य बनाउन चर्चित गायक तथा सङ्गीत समूहहरूले प्रस्तुति दिएका थिए।
‘डान्स इन्डिया डान्स लिटिल मास्टर्स’ विजेता तेरिया मगरको प्रस्तुति कार्यक्रमको मुख्य आकर्षण बनेको थियो। कार्यक्रमको सञ्चालन पूर्वमिस नेपाल २०६२ तथा सञ्चारकर्मी सुगारिका केसीले गरेकी थिइन्।