रसुवामा ८७ प्रतिशत बालबालिकाको जन्म दर्ता

सरस्वती न्याैपाने
सरस्वती न्याैपाने संवाददाता
84 Shares
रसुवा

रसुवा जिल्लामा राष्ट्रिय जनगणना २०७८ को तथ्यांक अनुसार ८७ प्रतिशत बालबालिकाको जन्म दर्ता भएको छ। जिल्लामा कुल ४ हजार ८ सय ५३ जना बालबालिका मध्ये ४ हजार २ सय ५८ जनाले (८७.७ प्रतिशत) जन्म दर्ता गराएका छन् भने ५ सय ९५ जनाले (१२.३ प्रतिशत) जन्म दर्ता गराएका छैनन्।

जनगणना अनुसार रसुवा जिल्लाको कुल जनसंख्या ४६ हजार ६ सय ८९ रहेको छ। केन्द्रीय तथ्यांक विभागले सार्वजनिक गरेको राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालको साक्षरता दर ७६.३ प्रतिशत पुगेको छ।

राष्ट्रिय तथ्यांक कार्यालयको जनगणना २०७८ अनुसार रसुवामा ४ हजार परिवारको घरभित्र धारा रहेको छ भने ६ हजार ३ सय परिवारको घर परिसर बाहिर धारा रहेको छ। यसका साथै ७८ परिवारले खुल्ला ईनार, १० परिवारले ढाकेको ईनारबाट पानी खान्छन् भने ५ सय ३७ परिवारले मुल धाराको पानी खान्छन्। ६४ परिवारले खोलाको पानी पिउन र खाना पकाउन प्रयोग गरेको पाइएको छ।

जनगणना अनुसार जिल्लामा अपाङ्गता भएका व्यक्तिहरूको संख्या १ हजार २ सय ९३ जना रहेको छ। यसमध्ये पुरुष ७ सय १८ जना र महिला ५ सय ७५ जना रहेका छन्।

यसरी जिल्लामा बालबालिकाको जन्म दर्ता, पानीको स्रोत, र अपाङ्गता व्यक्तिहरूको अवस्था सम्बन्धी तथ्यांकहरू जनगणना २०७८ अनुसार सार्वजनिक भएको छ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया