जनप्रगतिशील मंच पोर्चुगलले मनाए जनयुद्ध

नवराज तामाङ
नवराज तामाङ संवाददाता
287 Shares
लिस्बन, पोर्चुगल

जनप्रगतिशील मञ्च पोर्चुगलले ३०औं जनयुद्ध दिवस मनाएको छ । जनप्रगतिशील मंचले आइतबार रेस्टुरेन्ट एभरेस्ट नेपाल, रुआ अलभाराे काेटिन्हाे टुबी, ११५०-०२५ लिस्बनमा एक समाराेहको आयोजना गरि जनयुद्ध दिवस मनाइएको हो ।

नेपालमा १९९६ फेब्रुअरी १३ (२०५२ फागुन १) बाट तत्कालीन माओवादीले सुरु गरेकाे जनयुद्धले राजनीतिक रुपान्तरणमा भूमिका खेलेकाे विश्लेषण गर्दै देश तथा विदेशमा दिवस मनाउँदै आएको छ ।

कार्यक्रमका प्रमुख अतिथि अर्जुन घिमिरेले नेपालमा माओवादी जनयुद्धको ऐतिहासिक पृष्ठभूमि स्पष्ट पार्दै, क्रान्तिकारी विद्यार्थी संगठनको नेतृत्वमा रहँदा भोगेका चुनौतीहरू, माओवादी आन्दोलनको मूलधारमा आएको परिवर्तन, तथा अन्य राजनीतिक दलहरूले माओवादीप्रति राखेको व्यवहारबारे प्रकाश पारे । उनले प्रवासी भूमिमा रहेका माओवादी कार्यकर्ताहरूले सामना गरिरहेका समस्याहरूको समाधानका लागि सङ्गठित, जुझारु, र वैचारिक रूपमा सशक्त बन्नुपर्ने आवश्यकता औल्याए । कार्यक्रमका प्रमुख अतिथि घिमिरेले जनप्रगतिशील मञ्च पोर्चुगलको नेतृत्वमा सीता ढकाल सुवेदीले पुर्याएको योगदानप्रति प्रशंसा गर्दै, आगामी दिनमा मञ्चलाई अझ प्रभावकारी बनाउने संकल्प व्यक्त गरे ।

त्यसैगरी कार्यक्रममा एनआरएनए पोर्चुगलका अध्यक्ष उमेश खड्काले शुभकामना मन्तव्यका क्रममा जनयुद्ध नेपाली जनताको मुक्तिको लागि भएको बताए । उनले जनयुद्ध वर्गीय उत्पीडन, दलित शोषण, महिला हिंसा, र सामाजिक विभेदविरुद्धको संघर्ष भएकोमा जोड दिए ।

कार्यक्रममा मञ्चका सल्लाहकार सोनाम योञ्जन लामाले १० वर्षसम्म चलेको महान जनयुद्धबाट संघीयता, धर्मनिरपेक्षता, समावेशी लोकतन्त्र, तथा श्रमिक वर्गको सशक्त प्रतिनिधित्व स्थापना गर्न महत्वपूर्ण भूमिका खेलेको बताए । उनले अब पार्टीले जनयुद्धबाट हासिल गरेका उपलब्धिको सुरक्षा गर्नुपर्ने औल्याए ।

त्यसैगरी कार्यक्रममा आफ्नो धारणा राख्दै युवा समाजसेवी राजकुमार थापाले पोर्चुगलमा नेपाली समुदायले भोगिरहेका समस्या समाधान गर्न मंचको ठूलो भुमिका खेलेको बताए । उनले नेपाल सरकारले कूटनीतिक पहलमार्फत छिटोभन्दा छिटो पासपोर्ट, प्रहरी प्रतिवेदन तथा अन्य आवश्यक सेवाहरूको प्रमाणीकरण र व्यवस्थापन गर्नु मंच दबाब दिनुपर्नेमा जोड दिए ।

कार्यक्रममा नेपाली समाज पोर्तुगलका अध्यक्ष कुमार तामाङ योन्जनले शुभकामना राख्दै मंचलाई धन्यवाद दिए । उनले मंचलाई नेपाली समाज र व्यक्तिगत तर्फबाट गर्नुपर्ने सहयोग रहने बताए ।

त्यसैगरी कार्यक्रममा महिला शान्ति अर्याल अधिकारीले दस वर्षे जनयुद्ध क्रान्ति र प्रतिक्रान्ति दुवै भएको बताइन् । उनले अत्यन्त विकराल परिवेशमा पनि महिला योद्धाहरूले युद्धभूमिमा रात बिताउँदै आफ्नो आवाज बुलन्द बनाएको कुरालाई उजागर गरिन् । साथै, नेपाली चेलीहरूले पोर्चुगलमा प्रत्यक्ष र परोक्ष रूपमा भोगिरहेको पीडा पनि उनले स्पष्ट पारिन् ।

कार्यक्रममा प्रवासी मञ्चका अध्यक्ष दीपक खत्रीले पोर्चुगलमा कुनै पनि बहानामा कागजाचका प्रक्रियालाई ढिलाइ गर्न नहुने बताए । सम्पूर्ण कागजी प्रक्रियाहरू छिटोभन्दा छिटो टुंग्याइनुपर्ने, र नेपाली वैचारिक, जातीय तथा सामाजिक संगठनहरूबीच बलियो एकता आवश्यक रहेको उनको भनाइ थियो ।

त्यसैगरी कार्यक्रममा जनजाति महासंघका अध्यक्ष चोप कुमार मगर, अन्तर्राष्ट्रिय नेपाली समाज (INS) पोर्चुगलका अध्यक्ष सुर्य खड्का, अन्तर्राष्ट्रिय समन्वय परिषद् (ICC) सदस्य राजकुमार थापा,( INS )का सल्लाहकार दावासंङ लामा, प्रवासी मञ्चका अध्यक्ष दीपक खत्री, शेर्पा किदुकका अध्यक्ष राजेन्द्र शेर्पा, तामाङ समाजका अध्यक्ष गोपाल योन्जन, विशेष सहयोगी धन शेर्पा लगायत अन्य विभिन्न संघसंस्थाका व्यक्तित्वहरुसमेत उपस्थिति रहेको थियो ।

ऋतु अधिकारीले संचालन गरेको कार्यक्रमको सभापति मंचकी अध्यक्ष सीता ढकाल सुवेदीले गरेकी थिइन् । मंचका दीपक बानियाँले स्वागत मन्तव्य राखेको थियो ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

पत्रपत्रिका