शेर्पा किदुग क्रोएसियाले मनाउन लागिरहेको ग्याल्पो ल्होसारको तयारी पूरा भएको छ । शेर्पा किदुग पहिलोपटक २ मार्चमा मनाउन लागिएको २१५२ औं स्यिङ मो डुल लो ग्याल्पो ल्होसारको तयारी पूरा भएको अध्यक्ष निमा रिन्जेन शेर्पाले जानकारी दिए ।
शेर्पा किदुग क्रोएसियाका अध्यक्ष शेर्पाका अनुसार नेपाल र बेल्जियमबाट आउने आमन्त्रित गायकहरु क्रमशः प्रदीप लामा र सोनाम शेर्पा, क्रोएसियामै रहेका गायक आङ फुर्बा शेर्पा, पासाङ शेर्पा, डीओपी (DOP) ब्यान्ड लगायत अन्य स्थानीय कलाकारहरुको टुंगो लागेपछि कार्यक्रमको तयारी पूरा भएका हुन् ।
`ल्होसार कार्यक्रममा रातिको खाना (dinner) पनि उपलब्ध गराउने छौँ,´ शेर्पा किदुङ क्रोएसियाका अध्यक्ष शेर्पाले भने,` यहाँ (क्रोएसियामा) रहेका शेर्पा समुदाय लगायत अन्य दाजुभाइ तथा दिदिबहिनीले पनि टिकट खरिद गरेर कार्यक्रमलाई शोभा बढाइदिन अनुरोध छ ।´
भर्खरै गठित किदुगले गर्न लागिएको ल्होसार कार्यक्रम जाग्रेबको प्रेच्को २,ए (precko2a) मा हुने महासचिव मिङ्मा शेर्पाले बताए । उनका अनुसार ल्होसार कार्यक्रम हेर्न २० युरोको टिकट खरिद गर्नुपर्ने छ । टिकट जाग्रेबको एभरेस्ट म:म, बुद्ध मार्ट, पोइड हब (poid hub) मोबाइल बनाउने ठाउँ, थोमस बार रेस्टुरेन्ट, हिमालयकरीका साथै शेर्पा किदुगका कार्यसमितिसँग सम्पर्क गर्नुपर्ने छ ।
शेर्पा समुदायले संस्थागत रूपमा ल्होसार मनाउन लागिएको क्रोएसियामा यो पहिलोपटक हो । यसअघि शेर्पा समुदायले व्यक्तिगत रूपमा ल्होसार मनाउँदै आएको थियो ।
क्रोएसिया सेन्जेन भएपछि नेपालीहरुको रोजगारीको गन्तव्य बनेको छ । सेन्जेन हुनुअघि खासै नेपाली नदेखिएको क्रोएसिया हाल ३० हजारभन्दा धेरै रहेको अनुमान गरिन्छ । युरोपको पोर्चुगाल धेरै नेपालीहरु क्रोएसियामा रहेको अनुमान गरिन्छ ।
थप यो पनि
शेर्पा किदुगले पहिलोपटक क्रोएसियामा ल्होसार मनाउँदै
क्रोएसियामा शेर्पा किदुग गठन, अध्यक्षमा निमा रिन्जेन