जिल्ला ट्राफिक कार्यालय रसुवाले दशैको १५ दिनको अवधिमा ३ लाख राजश्व संकलन गरेको छ ।
ट्राफिक कार्यालयका अर्जुन न्यौपानेका अनुसार सो अवधिमा विभिन्न सवारी साधनलाई कारवाही गरी तीन लाख ५ हजार राजस्व संकलन गरिएको हो । घटस्थापनादेखि पुर्णिमाको दिनसम्म ५ सय वटा कारवाहीमा परेका थिए । कारवाहीमा तीन सय पाँच ट्रक तथा कन्टेनर रहेका छन् । १ सय वटा कार तथा जिप, ८० वटा मोटर साइकल र १५ वटा बस कारवाही परेका छन् ।
ओभरलोड बोक्ने कागजपत्र नभएको र कागजपत्र प्रष्ट नभएको सवारीसाधन काराबाहीमा परेका छन् ।
तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1