भक्तपुर जिल्ला आदिवासी जनजाति युवा महासंघको अध्यक्षमा धावा लामा चयन 

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
168 Shares
भक्तपुर

भक्तपुर जिल्ला आदिवासी जनजाति युवा महासंघको अध्यक्षमा धावा लामा सर्वसम्मत रूपमा चयन भएका छन्। बिहीबार बसेको जिल्ला भेलाले लामालाई नयाँ अध्यक्षको रूपमा चयन गरेको हो।

लामाको नेतृत्वमा १३ जनाको कार्यसमिति गठन गरिएको छ। उपाध्यक्षमा रविन भडेल र सपना मगर चयन भएका छन् भने सचिवमा प्रदिप थिङ, सह–सचिवमा बर्मा लामा र कोषाध्यक्षमा कमला माझी चयन भएका छन्। सदस्यहरुमा प्रेम मगर, रोमन भुजेल, हेमकुमार घलान, राजकुमार घिसिङ, रिदम राई, बिजय थिङ र कृष्ण कुमार माझी चयन भएका छन्।

आदिवासी जनजाति युवा महासंघ नेपालको बागमती प्रदेश अध्यक्ष विलाम मुक्तानको सभापतित्वमा भएको भेलामा आदिवासी जनजाति युवा महासंघ नेपालको केन्द्रीय प्रतिनिधि सचिव घम्ब घिसिङ (मिलन) को प्रमुख आतिथ्यता रहेको थियो।

भेलामा आदिवासी जनजाति महासंघ बागमती प्रदेशका उपाध्यक्ष बिमल भुजेल, कोषाध्यक्ष तुलाराम मगर, स्थानीय समाजसेवी हेमन्त वाइबा, डम्बर घिसिङ लगायत विभिन्न संघ संस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया