माओवादीले स्थानीय जनप्रतिनिधिलाई समाजवादबारे प्रशिक्षण दिने

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
0 Shares
काठमाडौं

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले स्थानीय तहबाट समाजवादको पूर्वाधार निर्माण गर्ने उद्देश्यले आगामी शनिबार र आइतबार काठमाडौँमा स्थानीय पालिकाका जनप्रतिनिधिको राष्ट्रिय भेला आयोजना गर्ने भएको छ।

भेलामा पार्टीका तर्फबाट विजयी भएका १२३ पालिकाका प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्षलाई समाजवादको अभ्याससहितको कार्यक्रम निर्माण र नमूना पालिका बनाउने लक्ष्यका साथ प्रशिक्षण दिइनेछ।

भेलामा समाजवाद निर्माणको आधारबारे विज्ञ सोमत घिमिरे, कृष्णराज अधिकारी, मीनबहादुर श्रेष्ठलगायतले प्रशिक्षण दिने कार्यक्रम रहेको छ। यसका साथै स्थानीय जनप्रतिनिधिलाई समाजवादी नीति कार्यक्रम, कानुन र बजेट निर्माण, उत्पादन र रोजगारी जस्ता विषयमा पनि प्रशिक्षण दिइनेछ।

माओवादी केन्द्रका उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले यो भेलाबाट पछिल्लो निर्वाचनमा विजयी भएका स्थानीय तहमा समाजवादको अभ्यासलाई अघि बढाउने र नमूना पालिका बनाउने लक्ष्य राखिएको बताउनुभयो। यसअघि पनि माओवादीले स्थानीय तहको निर्वाचनपछि विजयी जनप्रतिनिधिलाई प्रशिक्षण दिइसकेको छ।

भेलामा निर्धारित राष्ट्रिय सूचकाङ्कमा उत्कृष्ट ठहर भएका ११ वटा पालिकाका प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्षले आफ्नो अनुभव सुनाउने कार्यक्रम पनि राखिएको छ। यसरी स्थानीय तहमा समाजवादको अभ्यासलाई बढावा दिने माओवादी केन्द्रको यो पहलले स्थानीय विकासमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया