स्वेलडाँडा सडक स्तरोन्नति

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
49 Shares
भक्तपुर

चाँगुनारायण नगरपालिका–१ स्थित स्वेलडाँडा सडक स्तरोन्नति सुरू भएको छ । चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले उक्त सडक स्तरोन्नतिको आज शिलान्यास गरे ।

बागमती प्रदेश सरकारको एक करोड ५० लाख रुपेयाँ र चाँगुनारायण नगरपालिकाको एक करोड ५० लाख रुपैयाँ गरी समपूरक शीर्षकअन्तर्गत उक्त सडक स्तरोन्नति गर्न थालिएको हो । नगर प्रमुख खत्रीले दुवाकोटको विकट मानिने स्वेलडाँडाअन्तर्गतको सडक स्तरोन्नतिको काम भइरहेको बताए। बाँकी सडक पनि चालु आर्थिक वर्षभित्र स्तरोन्नति गरिने उनको भनाइ छ । नगर प्रमुख खत्रीले निर्माण व्यवसायीलाई निर्धारित समयमै सडक निर्माणको काम पूरा गर्न आग्रह गरे।

चाँगुनारायण–१ दुवाकोट सरस्वतीखेलका वडाध्यक्ष सिजन कार्कीले समपूरक बजेटअन्तर्गत प्रदेश सरकार र नगरपालिकाको लागतमा निर्माण हुने यो सडकले स्थानीयको जनजीवन सहज हुने बताए। उक्त सडक आउँदो असारभित्र निर्माण सम्पन्न गर्ने गरी सम्झौता भएको छ ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0

तपाईको प्रतिक्रिया