हेलम्बु गाँउपालिकाले आर्थिक वर्ष २०७६÷०७७ को बजेट ३१ करोड ५७ लाख ७१ हजार ४ सय ९२ प्रस्तुत गरेको छ ।
सोमबार गाउँसभामा अध्यक्ष निमाग्याल्जेन शेर्पाले नीति तथा कार्यक्रमभित्र उक्त बजेट प्रस्तुत गरेको थियो । जसमा चालुतर्फ १४ करोड ७२ लाख ७३ हजार र पूँजीतर्फ १६ करोड ३२ लाख ९८ हजार ४ सय ९२ रहेका छन् ।
हेलम्बु गाउँपालिकाको अभियान, नमुना गाउँपालिका निर्माण गर्ने लक्ष्यको आधारमा निति तथा कार्यक्रम निर्माण गरेको हो । अध्यक्ष शेर्पाले भने, आगामी बजेटको लागि कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य, सडक पूर्वाधारलगायतमा जोड दिएको छ ।
हेलम्बु गाउँपालिका क्षेत्रभित्र बसोवास गर्ने जनताहरुको आर्थिक विकास गर्नको लागि ‘एक घर एक शेयर’ अभियान अगाडि बढाईने भएको छ । त्यसको लागि गाउँपालिका र स्थानीय जनताको लगानीमा जलविद्युत आयोजनाको अध्ययन भइसकेको उनले बताए ।
असारे विकासको परम्परालाई चूनौती दिदै गाउँपालिकाले विकास बजेट समयमा नै सक्ने गरेको छ । स्थानीय तहको निर्वाचनपछि सिन्धुपाल्चोककको १२ वटा स्थानीय तहमध्ये विकास निर्मांणको काममा छलाङ मार्ने हेलम्बु गाउँपालिका एक हो ।
Final Helambu Gapa Niti tatha karyakram 2076-77