एनआरएनका सल्लाहकार लामाद्वारा क्रोएसियामा दूतावास राख्न माग

क्रोएसियामा ३० हजारभन्दा धेरै नेपाली कार्यरत

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
231 Shares
काठमाडौं

एनआरएनए क्रोएसियाका सल्लाहकार एवं युवा समाजसेवी दावा लामाले नेपाली दूतावास राख्न माग गरेको छ । सल्लाहकार लामाले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरदसिंह भण्डारीसँग भेट गरेर दूतावासको माग गरेको हो ।

हाल नेपाल रहेका एनआरएन क्रोएसियाका सल्लाहकार लामाले मन्त्री भण्डारीसँगको भेटमा क्रोएसियामा रहेका नेपालीहरुको तलब/भत्ता, कामको सुरक्षा, कानुनी समस्या र अन्य प्रशासनिक कठिनाइहरूका बारेमा छलफल गरेका हुन् । उनका अनुसार नेपाली दूतावास स्थापनाले नेपाल-क्रोएसिया श्रम सम्झौता, प्रशासनिक लगायत अन्य विषयलाई समेत सजिलो हुनेछन् ।

सल्लाहकार लामाका अनुसार हाल क्रोएसियामा करिब ३० हजारभन्दा धेरै नेपालीहरु कार्यरत छन् । क्रोएसियामा नेपाली दूतावास नहुदा नेपालीहरू कानुनी तथा प्रशासनिक सेवाका लागि अन्य देश जानुपर्ने बाध्यता रहेको सल्लाहकार लामाको भनाई छ ।

गतवर्षदेखिनै दूतावासको आवश्यकता महसुस गरेर एनआरएन क्रोएसियाले आवाज उठाउदै आएको छ । त्यसै क्रममा यसअघि समेत सल्लाहकार लामाले प्रधानमन्त्री, गृहमन्त्री लगायतलाई भेट गरेर नेपाली दूतावास स्थापना गर्न अनुरोध गरेका थिए ।

मन्त्री भण्डारीले नेपाली श्रमिकहरूको समस्याप्रति सकारात्मक धारणा राखेको सल्लाहकार लामाले बताए । उनका अनुसार मन्त्री भण्डारीले दूतावासका स्थापनाका लागि आवश्यक कदम चाल्ने प्रतिबद्धता गरे ।

एनआरएन क्रोएसियाका सल्लाहकार लामाले नेपाल सरकारले दूतावास स्थापना गरेमा नेपालीलाई सहज सेवा उपलब्ध हुने बताए । उनका अनुसार दूतावास स्थापनाले नेपाल-क्रोएसिया सम्बन्ध थप सुदृढ हुनेछन् ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

पत्रपत्रिका