शेर्पा किदुङ क्रोएसियाद्वारा ल्होसार मनाउने, प्रतिभालाई प्रस्तुतिका लागि अनुरोध

टिकट मुल्य २० युरो

नवराज तामाङ
नवराज तामाङ
448 Shares
जाग्रबे, क्रोएसिया

शेर्पा किदुग क्रोएसियाले ग्याल्पो ल्होसार शुभकामना आदानप्रदानका कार्यक्रममा सांगीतिक एवं नृत्य प्रस्तुतका लागि सम्पर्क गर्न अनुरोध गरेको छ । किदुगले सूचना जारी गरेर सांगीतिक एवं नृत्य गर्न इच्छुकले सांस्कृतिक बिभाग प्रमुख तथा महासचिव मिङ्मा शेर्पालाई सम्पर्क गर्न अनुरोध गरेको हो ।

किदुग क्रोएसियाले यहि मार्च २ तारीख २१५२ औ सीङ मो डुल ल्हो ग्याल्पो ल्होछार मनाउन लागिएको छ । उक्त कार्यक्रमका लागि सांगीतिक एवं नृत्य प्रस्तुत दिन संस्थाका महासचिव शेर्पाको व्हाट्सप नम्बर (whatsaap +9779749738715) मा सम्पर्क गर्न आयोजकको सूचनामा भनिएको छ ।

कार्यक्रमका लागि नेपाल प्रदीप लामा बेल्जियमबाट सोनाम शेर्पा आउने छन् । त्यस्तै क्रोएसियामै रहेका गायक आङ फुर्बा शेर्पा, पासाङ शेर्पा लगायत अन्य स्थानीय कलाकारहरुको प्रस्तुति रहनेछन् ।

`ल्होसार कार्यक्रममा रातिको खाना (dinner) पनि उपलब्ध गराउने छौँ,´ शेर्पा किदुङ क्रोएसियाका अध्यक्ष निमा रिन्जेन शेर्पाले भने,` यहाँ (क्रोएसियामा) रहेका शेर्पा समुदाय लगायत अन्य दाजुभाइ तथा दिदिबहिनीले पनि टिकट खरिद गरेर कार्यक्रमलाई शोभा बढाइदिन अनुरोध छ ।´ कार्यक्रम जाग्रेबको प्रेच्को २,ए (precko2a) मा हुने अध्यक्ष शेर्पाको भनाई छ ।

ग्याल्पो ल्होसार कार्यक्रमको टिकट २० युरो तोकिएको छ । टिकटका लागि जाग्रेबको एभरेस्ट म:म, बुद्ध मार्ट, पोइड हब (poid hub) मोबाइल बनाउने ठाउँ, थोमस बार रेस्टुरेन्ट, हिमालयकरीका साथै शेर्पा किदुगका कार्यसमितिसँग सम्पर्क गर्नुपर्ने छ ।

शेर्पा समुदायले संस्थागत रूपमा ल्होसार मनाउन लागिएको क्रोएसियामा यो पहिलोपटक हो । यसअघि शेर्पा समुदायले व्यक्तिगत रूपमा ल्होसार मनाउँदै आएको थियो ।

क्रोएसिया सेन्जेन भएपछि नेपालीहरुको रोजगारीको गन्तव्य बनेको छ । सेन्जेन हुनुअघि खासै नेपाली नदेखिएको क्रोएसिया हाल ३० हजारभन्दा धेरै रहेको अनुमान गरिन्छ । युरोपको पोर्चुगाल धेरै नेपालीहरु क्रोएसियामा रहेको अनुमान गरिन्छ ।

थप यो पनि

क्रोएसियामा ग्याल्पो ल्होसारको तयारी पूरा, टिकट २० युरो

क्रोएसियामा शेर्पा किदुग गठन, अध्यक्षमा निमा रिन्जेन

शेर्पा किदुगले पहिलोपटक क्रोएसियामा ल्होसार मनाउँदै

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0

तपाईको प्रतिक्रिया

पत्रपत्रिका