गोर्खाली भ्वाइस लोकोदोहोरी सिजन–३ को ग्रान्ड फिनाले संगीतप्रेमीहरूको मन जित्दै सम्पन्न भएको छ। प्रतियोगितामा प्रतियोगीहरूले आ-आफ्नो स्वर क्षमताको प्रदर्शन गरेका थिए । अन्ततः, पुरुषतर्फ बसन्त गिरी र महिलातर्फ विष्णु थापा मगरले गोर्खाली भ्वाइस लोकोदोहोरी सिजन–३ को उपाधि जित्न सफल भएका छन्।
विश्वभरका लोकदोहोरी पारखीहरु सहभागी भएका प्रतियोगिताबाट दोस्रो स्थान अनुश अधिकारी, तेस्रो स्थान करण विश्वकर्मा र सन्त्वाना अर्जुन न्यौपानेले पाएका छन् ।
यसैगरी महिलातर्फ प्रथम विष्णु थापा मगर, दोस्रो शिला गुरुङ, तेस्रो स्थान संचिता चेपाङ र रिमा थापा भएकी छन् ।
शुक्रबार बालाजुस्थित राजधानी रोधी साँझमा एक कार्यक्रम आयोजना गरी बिजेताहरुलाई पुरस्कार प्रदान गरेका हुन् । प्रथम हुन् नगद ५२ हजार ५५५ रुपैयाँ, ट्रफी र प्रमाणपत्र पाएका छन् । त्यस्तै द्वितिय हुनेले नगद ३२ हजार ५५५ रुपैयाँ, ट्रफी र प्रमाण पत्र, तृतिय हुनेले नगद २२ हजार ५५५ रुपैयाँ, ट्रफी र प्रमाण पत्र पाएका छन् । उनीहरुलाई प्रमुख अतिथि इन्द्र जिसीले पुरस्कार हस्तान्तरण गरेका थिए ।
गोर्खाली भ्वाइस लोकोदोहोरीले नेपाली संगीत क्षेत्रमा नयाँ प्रतिभाहरू खोज्ने र तिनलाई मञ्च प्रदान गर्ने उद्देश्यका साथ आयोजना गरिएको हो।
सिजन ३ को प्रतियोगिता शुरूदेखि नै रोमाञ्चक र प्रतिस्पर्धात्मक रह्यो। देशभरबाट धेरै प्रतिभाशाली गायकहरूले यस प्रतियोगितामा आफ्नो स्थान बनाएका थिए। प्रारम्भिक चरणदेखि नै प्रतियोगीहरूले आ-आफ्नो गायन क्षमताको परिचय दिँदै अगाडि बढेको आयोजकले जनाएको छ ।
गोर्खाली भ्वाइसको यो सिजन पनि अघिल्ला सिजनहरू जत्तिकै रोमाञ्चक र प्रतिस्पर्धात्मक रहेको आयोजक संस्थाका निर्देशक संजय पौडेलले बताए। प्रतियोगीहरूले आ-आफ्नो गायन क्षमताको प्रदर्शन गर्दै नेपाली संगीत क्षेत्रमा आफ्नो स्थान बनाउने प्रयास गरेका थिए।
विजेतालाई उपाधि, पुरस्कार राशि र संगीत उद्योगमा अगाडि बढ्ने अवसरहरू प्रदान गरिनेछ। यसका साथै, अन्य प्रतियोगीहरूले पनि यस प्रतियोगिताबाट धेरै सिकेर आफ्नो संगीत यात्रा अगाडि बढाउने आशा गरिएको आयोजकले जनाएको छ ।
यस प्रतियोगिताको निर्णायक मण्डलमा नेपाली संगीत क्षेत्रका हस्तीहरू समावेश थिए। उनीहरूले प्रतियोगीहरूको प्रदर्शनलाई विभिन्न मापदण्डहरूमा मुल्याङ्कन गरे।
कार्यक्रमका प्रमुख अतिथि जिसीले प्रतियोगिताबाट बिजेता बनाउन सकिदैन त्यसमध्येबाट बिजेता बनेकाले उपाधि जित्नुभो । समग्रमा सबै अब्बल क्षमतावान रहेको औल्याए । उनले भने, ‘उपाधि मात्रै सबथोक होइन् क्षमता प्रस्तुत गर्ने माध्यमबाट अगाडि बढाउन सके त्यसले सफलताको शिखर चुम्नेछ ।’
विजेताहरुले यस प्रतियोगिताबाट न केवल उपाधि जितेका छन्, तर उनीहरूले पुरस्कार राशि र संगीत उद्योगमा आफ्नो करियर अगाडि बढाउने अवसर पनि प्राप्त गरेका छन्। यस उपलब्धिले उनीहरूको संगीत यात्रालाई नयाँ मोड दिने अपेक्षा गरिएको छ।
कार्यक्रममा लोकदोहोरी क्षेत्रका अग्रज सर्जकहरुको बाक्लो उपस्थिति रहेका थिए ।
गोर्खाली भ्वाइस लोकोदोहोरीले नेपाली संगीत क्षेत्रमा नयाँ प्रतिभाहरू ल्याउने माध्यमको रूपमा आफ्नो भूमिका निर्वाह गरिरहेको छ। यस प्रतियोगिताबाट धेरै युवाहरूले आफ्नो सपना पुरा गर्ने मौका पाएका छन्। यसले नेपाली संगीतलाई अझ समृद्ध बनाउने अपेक्षा गरिएको छ। गोर्खाली भ्वाइस लोकोदोहोरी सिजन ३ को यो सफलता नेपाली संगीत क्षेत्रको लागि ठूलो उपलब्धि हो।