क्रोएसियामा ग्याल्पो ल्होसारको तयारी पूरा, कार्यक्रम आइतबार

टिकट २५ युरो

नवराज तामाङ
नवराज तामाङ सैलुङअनलाइन
294 Shares
जाग्रेब, क्रोएसिया

शेर्पा किदुग क्रोएसियाले आइतबार आयोजना गर्न लागिएको ग्याल्पो तयारी पुरा भएको छ । शेर्पा किदुगले पहिलोपटक २ मार्चमा मनाउन लागिएको २१५२ औं स्यिङ मो डुल लो ग्याल्पो ल्होसारको तयारी पूरा भएको अध्यक्ष निमा रिन्जेन शेर्पाले जानकारी दिए ।

शेर्पा किदुग क्रोएसियाका अध्यक्ष शेर्पाका अनुसार नेपाल र बेल्जियमबाट आउने आमन्त्रित गायकहरु क्रमशः प्रदीप लामा र सोनाम शेर्पा, क्रोएसियामै रहेका गायक आङ फुर्बा शेर्पा, पासाङ शेर्पा, लगायत अन्य स्थानीय कलाकारहरुको टुंगो लागेपछि कार्यक्रमको तयारी पूरा भएका हुन् ।

`ल्होसार कार्यक्रममा रातिको खाना (dinner) पनि उपलब्ध गराउने छौँ,´ शेर्पा किदुङ क्रोएसियाका वरिष्ठ उपाध्यक्ष दाकी शेर्पाले भनिन् ,` यहाँ (क्रोएसियामा) रहेका शेर्पा समुदाय लगायत अन्य दाजुभाइ तथा दिदिबहिनीले पनि टिकट खरिद गरेर कार्यक्रमलाई शोभा बढाइदिन अनुरोध छ ।´

भर्खरै गठित किदुगले गर्न लागिएको ल्होसार कार्यक्रम जाग्रेबको प्रेच्को २,ए (precko2a) मा हुने महासचिव मिङ्मा शेर्पाले बताए । उनका अनुसार ल्होसार कार्यक्रम हेर्न २० युरोको टिकट खरिद गर्नुपर्ने छ ।

शेर्पा समुदायले संस्थागत रूपमा ल्होसार मनाउन लागिएको क्रोएसियामा यो पहिलोपटक हो । यसअघि शेर्पा समुदायले व्यक्तिगत रूपमा ल्होसार मनाउँदै आएको थियो ।

क्रोएसिया सेन्जेन भएपछि नेपालीहरुको रोजगारीको गन्तव्य बनेको छ । सेन्जेन हुनुअघि खासै नेपाली नदेखिएको क्रोएसिया हाल ३० हजारभन्दा धेरै रहेको अनुमान गरिन्छ । युरोपको पोर्चुगाल धेरै नेपालीहरु क्रोएसियामा रहेको अनुमान गरिन्छ ।

थप यो 

क्रोएसियामा शेर्पा किदुग गठन, अध्यक्षमा निमा रिन्जेन

शेर्पा किदुगले पहिलोपटक क्रोएसियामा ल्होसार मनाउँदै

शेर्पा किदुङ क्रोएसियाद्वारा ल्होसार मनाउने, प्रतिभालाई प्रस्तुतिका लागि अनुरोध

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

पत्रपत्रिका