एनआरएन क्रोएसियाका अध्यक्ष साइमान (सुर्य बहादुर) लामालाई पितृ शोक परेको छ । उनको पिता ८८ वर्षका उमेरमा फागुन १७ गते निधन भएको हो ।
अध्यक्ष लामाका पिता शेरबहादुर तामाङ(थिङ) उपचारका क्रममा निधन भएको हो । निधन भएका शेरबहादुरको अन्तिम संस्कार बौद्ध र बोन धर्म अनुसार साइत हेरेर गर्ने पारिवारिक स्रोतले बताए । पारिवारिक स्रोतका अनुसार निधन भएकै दिन शेरबहादुरलाई आफ्नै गाउँ ललितपुरका महाँकाल गाउँपालिका-६, ठुलादुर्लुङ लगेका छन् ।
एनआरएन क्रोएसियाका अध्यक्ष लामाले आफ्ना पितालाई श्रद्धाञ्जली अर्पणगर्दै लेखेको छ,` हर प्रयास र सम्भब भए जति कोशीश गर्दा पनि आज यो अकल्पनीय दु:खद खबरलाइ बिश्वास नै गर्न नसकिने बुवा हजुरको असामायिक देहबसानले हामी असाध्यै मर्माहित् भएका छौ । प्राणी जगतमा सृस्टि र बिधाताको नियमलाई सर्व-स्वीकार गर्नु बाहेक अरु केही बिकल्प भएन । बुवा हजुर जहा हुनुहुन्छ हजुरको आत्मालाई शान्ति मिलोस्, हजुरको स्वर्गमा बास होस्, हामी सधैं हजुरलाई (मिस) स्मरण गरी रहने छौ । यस दु:खद घडीमा स्वर्गिय बुवाको आत्माको चीर शान्तिको कामना गर्दै हाम्रो शोक सन्तप्त परिवारजनमा भगवानले धैर्य धारण गर्ने शक्ति प्रदान गरून् ! ॐ माने पद्मे हुँ १०८´।
अध्यक्ष लामाका पिता शेरबहादुरलाई सामाजिक संजाल र संघसंस्थाहरुले श्रद्धाञ्जली अर्पण गर्दै शोक विज्ञप्तिसमेत निकाल्ने क्रम जारी छ ।