मिस तामाङ २०२५ को ताज थोकरलाई

सैलुङअनलाइन
सैलुङअनलाइन
245 Shares

१७ औँ संस्करण मिस तामाङ २०२५ को ताज अन्जु थोकरले जितेकी छन् ।

फागुन १४ कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा मम्स इन्टरनेशनल नेपालद्वारा आयोजित ग्राण्ड फिनालेमा उनले उपाधि जितेकी हुन् । अन्जुले उपाधिसँगै फोटोजेनिकस् टाइटल‚ ५० हजार रुपैयाँ नगद तथा गिफ्ट ह्याम्पर पाएकी छन् ।

प्रतियोगिताको फस्ट रनर अप मोनालिसा थिङ तामाङ, सेकेन्ड रनर अप प्रियङ्का तामाङ र थर्ड रनर अप सुस्मिता तामाङ रहेका छन् ।

अष्टले ३० हजार रुपैयाँ, सेकेन्डले १५ हजार रुपैयाँ र थर्डले १० हजार नगद पाएका छन् ।

टाइटल विजेताहरूमा उत्कृष्ट मुस्कान भूमिका स्याङ्बो तामाङ, मिस डिसिप्लिनस् याङ्जु डोल्मा ग्याबा तामाङ, उत्कृष्ट पोशाक सुजिना थिङ तामाङ, दर्शक छनोटस् प्रियङ्का पाख्रिन तामाङ रहेका छन् ।

त्यसैगरी मल्टिमिडियास् अन्जिला लोप्चन तामाङ, आत्मविश्वास समीक्षा घलान तामाङ, पैदल स् सम्झना मोक्तान तामाङ, मिस वेस्ट हेयर स् अस्मिता डोङ तामाङ, मिस ट्यालेन्ट सुस्मिता पाख्रिन तामाङ, मिस पर्सनालिटी सिनोरा वाइबा तामाङ रहेका छन् ।

तामाङ कला, संस्कृति, भेषभूषा, र भाषाको संरक्षण गर्ने मूल उद्देश्यका साथ आयोजना गरिएको हो ।

मिस तामाङ २०२५ प्रतियोगिताको निर्णायक मण्डलमा ईक्यानका अध्यक्ष सेसराज भट्टराई, गायक तथा नेपाल आइडल सिजन ४ का निर्णायक सुबानि मोक्तान, मोडल कुन्साङ बोम्जन, निर्देशक एवम् मोडल राजकिङ वाइबा रहेका थिए ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
2
+1
1

तपाईको प्रतिक्रिया

पत्रपत्रिका