क्रोएसियामा पहिलो पटक ग्याल्पो ल्होसार मनाइयो

नवराज तामाङ
नवराज तामाङ संवाददाता
1330 Shares
क्रोएसिया

क्रोएसियामा पहिलो पटक ग्याल्पो ल्होसार धूमधामसाथ मनाएको छ। शेर्पा किदुग क्रोएसियाको आयोजनामा शुभकामना आदानप्रदान, सांस्कृतिक प्रस्तुति र मनोरञ्जनात्मक कार्यक्रमहरू समावेश थिए। कार्यक्रममा २१५२ औं सिंह मो डुल ल्हो ग्याल्पो ल्होसार मनाइएको हो।

कार्यक्रमका प्रमुख अतिथि एनआरएन क्रोएसियाका सल्लाहकार दावा लामाले कार्यक्रम सफल र बृहत् भएकोमा खुसी व्यक्त गर्दै शेर्पा किदुग क्रोएसियालाई यस्तो आयोजना गरेकोमा धन्यवाद दिए। उनले क्रोएसियामा ग्याल्पो ल्होसार मनाउन पाउँदा नेपालमै भएको महसुस भएको बताए।

कार्यक्रमका विशेष अतिथि एनआरएन क्रोएसियाका उपाध्यक्ष हर्क साहुले नेपालमा जस्तै क्रोएसियामा पनि नेपालीहरूले आफ्ना चाडपर्व मनाउन पाएकोमा खुसी व्यक्त गरे। उनले शेर्पा किदुग क्रोएसियालाई धन्यवाद दिँदै एनआरएन क्रोएसियाको सहयोग रहने प्रतिबद्धता जनाए।

कार्यक्रममा एनआरएन क्रोएसियाका कोषाध्यक्ष दुर्गा अधिकारी, जन प्रगतिशील क्रोएसियाका अध्यक्ष लोब्साङ लामा, सुदूरपश्चिमेली नेपाली समाजका अध्यक्ष बासु ओझा, तामाङ समाज क्रोएसियाका अध्यक्ष प्रकाशचन्द्र तामाङ, बरिष्ठ उपाध्यक्ष बुद्ध लामा, उपाध्यक्ष सन्जय लामा, बुद्ध मार्टका संचालक बिकास मेचे लगायतले शुभकामना मन्तव्य राखे।

शेर्पा किदुग क्रोएसियाका महासचिव मिङ्मा शेर्पाले स्वागत मन्तव्य राखेको कार्यक्रमलाई गगन तामाङले सञ्चालन गरे। कार्यक्रमका सभापति शेर्पा किदुग क्रोएसियाका अध्यक्ष निमा रिन्जन शेर्पा रहे।

कार्यक्रममा नेपालबाट आएका गायक प्रदीप लामा, बेल्जियमबाट आएका सोनाम शेर्पा, क्रोएसियामै रहेका गायिका दीपा तामाङ, गायक बुद्ध लामा, आङ फुर्बा शेर्पा लगायतले आफ्ना मनमोहक प्रस्तुतिहरू दिए। यसैगरी, शेर्पा नृत्यकारहरू, क्यालिआना तामाङ, सुजिता तामाङ लगायत अन्य कलाकारहरूले आफ्ना प्रस्तुतिहरू राखे।

रातिको खाना (डिनर) को व्यवस्थासहित भएको यो कार्यक्रम क्रोएसियाको राजधानी जाग्रेबको प्रेच्को २, ए (Precko 2A) मा सम्पन्न भए । कार्यक्रमलाई सफल बनाउन एनआरएन, जन प्रगतिशील मंच, तामाङ समाज, सगरमाथा होस्टेल, एभरेस्ट म:म, बुद्ध मार्ट, पोइड हब (Poid Hub), हिमालयकरी लगायतले सहयोग गरे।

शेर्पा किदुग क्रोएसियाका अध्यक्ष निमा रिन्जन शेर्पाले कार्यक्रमलाई सफल बनाउन सहयोग गरेका सबै संघसंस्था, समुदाय र व्यक्तिहरूलाई धन्यवाद दिए। उनले आगामी दिनमा पनि यस्तै सहयोग अपेक्षा गरेको बताए।

क्रोएसिया सेन्जेन भएपछि नेपालीहरूको रोजगारीको गन्तव्य बनेको छ। सेन्जेन हुनुअघि क्रोएसियामा खासै नेपाली नदेखिए पनि हाल यहाँ ३० हजारभन्दा बढी नेपाली रहेको अनुमान छ। युरोपको पोर्चुगालपछि क्रोएसियामा पनि नेपालीहरूको संख्या बढ्दो क्रममा छ।

यसरी क्रोएसियामा पहिलो पटक मनाइएको ग्याल्पो ल्होसारले नेपाली समुदायलाई एकताबद्ध गर्ने र सांस्कृतिक पहिचान कायम राख्न महत्त्वपूर्ण भूमिका खेलेको छ।

थप यो पनि 

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

पत्रपत्रिका