महिला घेदुङको अध्यक्षमा संगीता बमजन

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
112 Shares
काठमाडौं

नेपाल तामाङ महिला घेदुङको सातौं राष्ट्रिय महादिवेशन सम्पन्न भएको छ ।

शनिबार सम्पन्न भएको महाधिवेशनबाट संगीता बमजन विजयी भएका छन्।

महाधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा शर्मिला ग्लान‚ उपाध्यक्षहरुमा प्रतिमा बम्जन, सिर्जना थिङ, गंगा योन्जन, प्रमिला वाइबा, आइतीमाया तामाङ र सुनिता थिङ सर्वसम्मत चयन भएका छन्।
यस्तै महासचिवमा मायालु ङेसुर, सचिवहरुमा हिराकुमारी तामाङ र बरी बल तामाङ, कोषाध्यक्षमा तिर्थकुमारी लामा ९रोजिना०, सहकोषध्यक्षमा मन्जु लामा चयन भएकी छन्।

यस्तै सदस्यहरुमा सरु तामाङ, लोम्साङ ब्लोन, लिलामाया तामाङ, टिकामाया तामाङ, दुर्गामाया तामाङ, निर्मला तामाङ, भागवती तामाङ, लालमाया तामाङ, आयुस्मा तामाङ, फुलमाया तामाङ, गोमाकुमारी तामाङ, विष्णुकुमारी मुक्तान, मिना लामा र मिना तामाङ छन्।

महाधिवसनको बागमती प्रदेशकी उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्री शुकमाया तामाङले उद्घाटन गरेकी थिइन।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

पत्रपत्रिका