लोपोन्मुख मौलिक सांस्कृतिक मारूनी नाच प्रतियोगिता हुने

सरस्वती न्याैपाने
सरस्वती न्याैपाने संवाददाता
203 Shares
धुन्चे, रसुवा

धुन्चे रसुवा जिल्लाको उत्तरगया गाउँपालिका वडा नम्बर ५ बोगटिटारमा रहेको निलकण्ठ माविको प्राङ्गणमा फागुन २४ गते लोपोन्मुख मौलिक सांस्कृतिक मारूनी नाच प्रतियोगिता हुने भएको छ।

रेडियो लाङटाङले आयोजना गर्न लागेको उक्त प्रतियोगिता नेपालको पर्यटन विकास, नेपाली कला, संस्कृति, परम्परा तथा मौलिक सभ्यताको प्रवर्द्धन गर्ने उद्देश्यले प्रदेश स्तरीय मारूनी नाच प्रतियोगिता हुन लागेको बताइएको छ।

पुरुषहरूलाई महिलाको भेष बनाई गायन र मादलको तालमा नाचिने मारूनी नाच मगर, गुरूङ, तामाङ, ब्राह्मण तथा क्षेत्री समुदायमा लोप भईसकेको छ । यस मौलिक संस्कृतिलाई पुनर्जीवित गरी पछिल्लो पुस्ताले पनि जान्न पाउन भन्नका लागि यो नाच प्रतियोगिता आयोजना गरिएको रेडियो लाङटाङका सचिव गीता न्यौपानेले जानकारी दिइन्।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया