नेपाल समाज एशोसियसन कोष्टाव्लाङ्का अध्यक्षमा केशरबहादुर

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
91 Shares
कोष्टाव्लाङ्, स्पेन

नेपाल समाज एशोसियसन कोष्टाव्लाङ्का स्पेनको अध्यक्षमा केशरबहादुर थापा चयन भएको छ । थापा एसोसिएसनको तेस्रो अधिवेशनबाट चयन भएको हो ।

एसोसिएसनका उपाध्यक्षहरु क्रमशः डा. सविता पाठक, मोति सागर पुन, हेमराज सापकोटा रहेका छन् । त्यस्तै महासचिव विजय कुँवर, सचिव छेसाङ लोप्चन (अशिम), कोषाध्यक्ष विना थापा अधिकारी चयन भएका छन् ।

यस्तै महिला संयोजक लक्ष्मी आचार्य धिताल, युवा संयोजक विष्णु गुरुङ रहेका छन् । एसोसिएसनका सदस्यहरु क्रमशः राजेन्द्र दाहाल, कृष्ण पुन, सोनल पुन, पाइलट विद्यार्थी सेजल कँडेल, बलबहादुर थापा बोहरा, विप्लव काफ्ले चयन भएका हुन् ।

निर्वाचन समिति संयोजक, एनआरएनए कोष्टाव्लाङ्का संस्थापक अध्यक्ष, एनआरएनए स्पेनका उपाध्यक्ष, समाजका बरिष्ठ सल्लाहकार सुरेन्द्र भुजेल थापाका अनुसार १५ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको हो । संयोजक थापाले नवनिर्वाचित पदाधिकारीहरुलाई शपथ गराएका थिए ।

कार्यक्रममा निर्वाचन समिति संयोजक थापाले कोष्टाव्लाङ्का क्षेत्रमा नेपालीहरुका लागि एशोसियसन अभिभावक सरह बन्दै गैरहेको बताए । `दु:ख, सुखमा नेपालीले नेपालीलाई सहयोग गर्ने भावना बढेको छ´, उनले भने, `नेपाली चाडपर्व सामुहिक मनाउने क्रम बढेको छ, एकता विकास भएको छ ।`

त्यस्तै कार्यक्रममा एनआरएनए स्पेनका उपमहासचिव, समाजका पूर्व अध्यक्ष केशवराज कँडेलले समाजले सबै नेपालीलाई गोलबद्ध गरेको बताए । `समाज साझा चरित्रको बनेको छ´, उनले भने, ´अब नेपाल र नेपालीको पुल बन्नुपर्छ, एकतानै बल हो । `

एनआरएनए कोष्टाव्लाङ्का अध्यक्ष सुरेश बज्राचार्यले समस्या समाधान या अवसर खोज्दा नेपाली संस्थाहरु अभिभावक बन्न जरुरी रहेको बताए । समाजका पूर्व अध्यक्ष अक्कल बहादुर बोहरा, एनआरएनए कोष्टाव्लाङ्का पूर्व अध्यक्ष देवराज सापकोटा, समाजका सल्लाहकार मुकुन्द लामिछाने, एनआरएनए स्पेनका पूर्वउपाध्यक्ष सृजना लामिछानेले एशोसियसन सबैको साझा बन्दै सशक्त कामहरु गर्न सुझाए ।

नवनिर्वाचित अध्यक्ष थापाले नेपाल चिनाउने गरि समाजले गतिविधिहरु गर्ने बताए । `गौतम बुद्ध, सगरमाथा, नेपाली खाना, कला संस्कृतिबारे विश्वलाई सन्देश दिने गरि गतिविधि हुनेछन्´, उनले भने, ` नेपाल चिनाउन लाग्नेछौँ, स्पेनबासी या पर्यटकले सजिलै नेपाल चिन्न सकुन् ।´ उनले गौतम बुद्ध नेपालमै जन्मिएको सन्देश दिन कोष्टाव्लाङ्कामै गुम्बा-मन्दिर बनाउन पहल गरिने बताए । उनका अनुसार कोष्टाव्लाङ्का क्षेत्रमा रहेका नेपालीहरुको तथ्यांक र अवस्थाबारे अध्ययन गर्ने कार्यदलनै बनाइने छन् ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

पत्रपत्रिका