क्रोएसिया पुगेका कलाकारहरुसँग तामाङ समाजद्वारा भेटघाट

नवराज तामाङ
नवराज तामाङ सैलुङअनलाइन
364 Shares
जाग्रेब, क्रोएसिया

क्रोएसिया आइपुगेका गायकहरुसँग तामाङ समाजले परिचयात्मक कार्यक्रम कलाकारहरुसँग गरेको छ । शेर्पा किदुग क्रोएसियाद्वारा आयोजित ग्याल्पो ल्होसार साँस्कृतिक कार्यक्रममा आइपुगेका कलाकारहरुसँग तामाङ समाजले परिचयात्मक कार्यक्रम गरेको हो ।

आइतबार साँझ आप्पा होस्टेलमा एक कार्यक्रम गरि गायकहरु क्रमशः प्रदिप लामा, सोनाम शेर्पा र आङ फुर्बा शेर्पासँग भेटघाट गरेका हुन् ।

तामाङ समाज क्रोएसियाका महासचिव बिशाल योन्जनले संचालन गरेको परिचयात्मक कार्यक्रममा गायकहरुले सोनाम ल्होछार लगायत अन्य समारोहहरुमा पनि आफू आउन इच्छुक रहेको भनाई राखे ।

तामाङ समाज क्रोएसियाका अध्यक्ष प्रकाशचन्द्र तामाङले कलाकारहरुसँग भेटघाटका मौका जुराएकोमा शेर्पा किदुगलाई धन्यवाद दिए । उनले कलाकारहरुलाई आगामी दिन पनि क्रोएसिया ल्याउन कोसिस गर्ने बताए ।

थप यो पनि 

तामाङ समाज क्रोएसिया बी टिम प्रथम तामाङ एफ-सी टुर्नामेन्टको सेमिफाइनलमा

क्रोएसियामा सोनाम ल्होछार भव्य मनाइयो (फोटो फिचर) 

तामाङ समाज क्रोएसियाद्वारा क्यान्सर बिरामीलाई आर्थिक सहयोग

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
1
+1
0

तपाईको प्रतिक्रिया

पत्रपत्रिका