क्रोएसियामा गायक प्रदीप लामाको मनमोहक प्रस्तुति

अझै फ्रान्स लगायतमा प्रस्तुति बाँकी

नवराज तामाङ
नवराज तामाङ सैलुङअनलाइन
497 Shares
जाग्रेब, क्रोएसिया

नेपालबाट आएका प्रख्यात गायक प्रदीप लामाले क्रोएसियामा रहेका नेपालीहरुलाई मनोरञ्जन प्रदान गरेका छन्। शेर्पा किदुग क्रोएसियाद्वारा आयोजित ग्याल्पो ल्होसार शुभकामना आदानप्रदान तथा सांस्कृतिक कार्यक्रममा गायक लामाले उपस्थित दर्शकहरुलाई आफ्नो मधुर स्वरले मन्त्रमुग्ध पारेका थिए। यसै कार्यक्रममा उनले गाएका गीतमा दर्शकहरुले नाचेर र गाएर कार्यक्रमलाई उल्लासपूर्ण बनाएका थिए।

गायक लामा हाल युरोप भ्रमणमा रहेका छन्। यसै क्रममा उनले मार्च २ तारीखमा जाग्रेबको प्रेच्को–२ एस्थित हलमा आयोजित कार्यक्रममा आफ्नो प्रस्तुति दिएका थिए। उनले गाएका गीतहरूमा दर्शकहरुले नाचेर र सँगसँगै गीत गाएर कार्यक्रमलाई जीवन्त बनाएका थिए। कार्यक्रममा उल्लासयुक्त माहोल रहेको थियो, जसमा प्रदीप लामासँगै बेल्जियमबाट आएका सोनाम शेर्पा, क्रोएसियामा रहेका आङ फुर्बा शेर्पा, दीपा लामा, बुद्ध लामा, बुद्ध मेचे, अजित शेरचन लगायतले पनि गीत गाएका थिए।

गायक लामाले ‘मन मनै’ बोलको गीतबाट कार्यक्रम सुरु गरेका थिए। उनको प्रस्तुतिले दर्शकहरूलाई अनियन्त्रित बनाएको थियो। उनले आफ्ना गीतहरू दर्शकहरूको बीचमा गाएर र नाचेर कार्यक्रमलाई अझ मनोरञ्जनपूर्ण बनाए। उनले ‘कपाल कोरी च्याट्टै’, ‘याङरी माया’, ‘सोची याला सो’ लगायतका गीतहरू गाए। खासगरी ‘सफा ट्याम्पुरी’ बोलको गीत गाउँदा दर्शकहरूले हल नै गुन्जाएका थिए।

गायक लामाले यसअघि युरोप भ्रमणका क्रममा पोर्चुगल, स्पेन, जर्मनी, युके लगायत देशहरूमा आफ्नो प्रस्तुति दिइसकेका छन्। उनको सांगीतिक प्रस्तुति फ्रान्स लगायत अन्य देशहरूमा दिन बाँकी छन् । गायक लामाको यो भ्रमणले नेपाली संगीतलाई अन्तर्राष्ट्रिय मंचमा पुर्याउन महत्त्वपूर्ण भूमिका खेलेको छ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

पत्रपत्रिका