समाचार लेखन तथा सम्पादन कार्यशाला सुरु

मनु ठकुरी संवाददाता
301 Shares
धुलिखेल

सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेशद्वारा आयोजित समाचार लेखन तथा सम्पादन कार्यशाला मंगलबारदेखि धुलिखेलमा सुरु भएको छ।

पाँच दिने तालिममा बागमती प्रदेशका पत्रकारहरूले समाचार लेखन शैली, सम्पादन तथा अन्य सम्बन्धित विषयहरूमा प्रशिक्षण प्राप्त गर्नेछन्।

कार्यशालाको उद्घाटन सत्रमा संचार रजिष्टार रेवतीप्रसाद सापकोटाले पत्रकारिताको क्षेत्रमा रहेका अवसर र चुनौतीहरूबारे जानकारी दिँदै पत्रकारहरूलाई समाजप्रति पारदर्शी र दायित्वबोध भएको कार्य गर्न आवश्यक रहेको बताए। उनले भने, ‘पत्रकार समाजको ऐना हुन्। यस कार्यशालाबाट प्राप्त ज्ञान र सीपलाई व्यवहारमा ल्याउनु यसको मुख्य उद्देश्य हो।’

यस कार्यशालामा प्रशिक्षक सुरेन्द्र पाण्डे र विनोश ढुङ्गेलले प्रशिक्षण दिइनेछन्। तालिममा दृष्टिबिहीन व्यक्तिसहित २३ जना पत्रकारहरूको सहभागिता रहेको छ।

यस कार्यशालाबाट पत्रकारहरूले समाचार लेखन र सम्पादनका नयाँ तरिका र प्रविधिहरू सिक्ने अपेक्षा छ। यसले पत्रकारिताको गुणस्तरमा सुधार ल्याउन मद्दत गर्ने विश्वास गरिएको छ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0

तपाईको प्रतिक्रिया