जिल्ला कारागार रसुवाका कैदी तथा थुनुवा आयआर्जनमा अग्रसर

सरस्वती न्याैपाने
सरस्वती न्याैपाने संवाददाता
126 Shares
धुन्चे, रसुवा

जिल्लाका कैदी र थुनुवा अहिले आयआर्जनका गतिविधिहरूमा सक्रिय बनेका छन्। जिल्ला कारागार कार्यालय रसुवाका अनुसार अहिले कारागारमा ९२ जना कैदी र थुनुवा रहेका छन्। यसमा ८९ जना पुरुष कैदी, ७ जना महिला कैदी, ३ जना पुरुष थुनुवा र ३ जना विदेशी कैदी रहेका छन्। यी मध्ये ४५ जना कैदी र थुनुवा घरमै काम गर्ने योजनामा संलग्न छन्।

कारागार कार्यालयका निमित्त प्रशासक कैलास देवकोटाका अनुसार अहिले कैदीहरू मुढा र गलैंचा जस्ता उत्पादनहरूमा संलग्न छन्। २५ जना पुरुष गलैंचा बनाउँछन् भने १५ जना पुरुष मुढा बनाउँछन् र ५ जना महिला बन्दी वत्ति काटेर काममा संलग्न छन्। यी सबैले अर्डर अनुसार काम गर्दै मासिक २० हजारदेखि २५ हजारसम्मको आय प्राप्त गर्छन्।

उत्पादित सामान काठमाडौं, मकवानपुर, घादिङ, रसुवा र नुवाकोट जिल्लाका विभिन्न स्थानमा विक्रि हुने गरेको छ। यसरी काम गर्दा, कैदीहरूलाई मानसिक तनावबाट बच्न र आफ्नो पारिवारिक खर्चका लागि केही कमाइ गर्न सहजता भएको छ।

लामो समयको कैद भुक्तान गर्दै आएका कैदीहरूले यस कामलाई राहतको रूपमा लिएका छन्। कारागार प्रशासक कैलास देवकोटाले भने, “भित्र रहँदा मानसिक समस्या बढ्न सक्छ, तर काम गर्नाले उनीहरूको मनोबल उच्च बनाउँछ र यसबाट केही न केही आय पनि प्राप्त हुन्छ।”

कैदी युवाहरूले मेहनतपूर्वक काम गर्दा उत्पादित सामग्री गुणस्तरीय हुने बताइएको छ, जसले उनको काममा थप प्रोत्साहन मिलेको छ।

यसरी, रसुवा जिल्लाका कारागारमा रहेका कैदी र थुनुवाहरू अहिले एउटा नयाँ दिशा र आशाको साथ अघि बढिरहेका छन्।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया